विमल नगरमा१ सय५० प्रहरीलाई रक कलाईम्विङ तालिम

नेपाल प्रहरीको युक्तिकमाडो तालिम पृथ्वीराजमार्ग सगै रहेको विमल नगरमा रक कलाईम्विङ तालिम संचालन गरिएको छ।
कुल १सय५० जना प्रहरी जवान र प्रहरी निरीक्षकहरुको सहभागीता रहेको उक्त कमाण्डो तालिममा रकक्लाईमिङ,वालक्लाईमिङ,रापिलिङ सम्बन्धि तालिम दिईएको हो ।
प्रहरी नायब उपरिक्षक पुरुषोत्तम खण्डका
प्रहरी जवान देखि प्रहरी निरीक्षक सम्म ३ महिने प्रशिक्षण कार्यक्रम नवल परासी जर्गाबाट २०७२ साल देखि हाल सम्म ४ सय प्रहरी निरीक्षक र ५सय जनालाई कमाण्डो तालिम दिईएको प्रहरी नायब उपरीक्षक खण्डकाले जानकारी दिए। कुल ७सय५० जनाले सहभागिता जनाएका उक्त कमाण्डो तालिममा महत्त्वपूर्ण विभिन्न तालिमहरु विपतब्यबस्थापन , आपतकालीन अवस्थाका लागि र भै परिआउने आकस्मिक सेवा र विविध समस्यामा कसरी सेवा दिन सकिन्छ भनेर नदी खोला,पहाड र गाडी दुर्घटना तथा खोलाले बगाएका मान्छेको उद्दारका लागि विशेष प्रभावकारी हुने प्रशिक्षण हो।
बेसिक आफनै टेनिङ सेन्टरमा गराईने र एड्भान्स ट्रेनिङ यससुरक्षित स्थानमा गरिएको प्रहरी नायब उपरीक्षक खण्डकाले बताए ।
७० मिटर को २८ वटा मार्गहरु रहेका रकक्लाईमिङ स्थल विमलनगरमा हाल सम्म कुनै पनि दुर्धटना नभएको समाजसेवी लालकाजी श्रेष्ठले जानकारी दिए।
समाजसेवी श्रेष्ठले रक क्लाईम्बरहरु स्वदेशी विदेशी सबैकालागि एक दिनको १ सय रुपैयाँ लिने ब्यबस्था गरिएको जानकारी उनले दिए।
अमेरिका,जापान,सुईजरलेण्ड भारत पाकिस्तान ,ईण्डोनेसिया लगाएतका विभिन्न देशका रक क्लाईम्बरहरु आउने गरेको समाजसेवी श्रेष्ठले बताए । नेपालकै पहिलो रकक्लाईमिङ गर्ने स्थान मानिन्छ।
Like