पशुपति अन्नपुर्णा आश्रमद्वारा सरस्वती माताकाे मूर्ति हस्तान्तरण

Share to:

पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष के बि सम्राटको समुपस्थितिमा पशुपती अन्नपुर्णा आश्रममार्फत आश्रमका प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा. डा. जगदिश वैद्यकाे निजि पहलमा सशस्त्र प्रहरी बल विपद ब्यवस्थापन शिक्षालय तालिम केन्द्र कुरिनटारलाई निर्माण सम्पन्न सरस्वती मन्दिरका लागि सरस्वतीको मुर्ती आवश्यक गजुर प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा. डा. जगदिश वैद्य संरक्षक द्वय प्रा. डा. लबप्रसाद त्रिपाठी इन्दिरा जोशी तथा नम्बर प्रदेश संरक्षक अत प्रेस समिती प्रमुख भोगेन्द्र लाल कर्णले सशस्त्र प्रहरिका सहाय्क प्रहरी निरीक्षक दिनेश अधिकारीको कमाणडमा रहेका सशस्त्र प्रहरी बललाइ हस्तान्तरण गरियो।

कार्यक्रमस्थल नेशनल मल्टिपल कलेज जावलाखेलमा एक कार्यक्रमकासाथ हस्तान्तरण गरिएको हो । कार्यक्रममा सरस्वतीको मुर्ति ग्रहण गर्दै सशस्त्र प्रहरिका सहायक प्रहरी निरीक्षक दिनेश अधिकारीले सशस्त्र प्रहरी बलले गरेका क्रियाकलापमाथि प्रसंसा गर्दै भगवानलाई नित्य पुञ्ज गर्न विद्याकी देवी भगवती सरस्वति माताको मुर्ति पशुपति अन्नपुर्णा आश्रमले प्रदान गरेकोमा खुशी ब्यक्त गर्नुभयो ।

अब हामी अझ सामाजिक कार्य र राष्ट्र सेवा गर्ने शक्ति अझ थप प्रदान भयो भन्नुभयो । आश्रमका प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्यले पशुपति अन्नपुर्णा आश्रम मार्फत यस्ता मुर्ति र घण्टा स्वद्व्ष्म मात्र नभएर विदेशमा पनि विभिन्न विश्वविद्यालयमा प्रदान गरेको र स्वदेशमा सातै प्रदेशका माग भएका जिल्लाहरुका मठ मन्दिर विद्यालय तथा विश्वविद्यालयमा दिएको बताउनुभयो । आदिबासी जनजाती महासंघले मा. पदमा सम्मान गर्दै प्रमुख सल्लाहकारमा मनोनित गरेको जानकारी दिदै धन्यवाद दिनुभयो । गत वर्ष पनि १०८ वटा विभिन्न किसिम भगवानका मुर्तिहरु आएबमोजिम माग भएका स्थानहरुमा हस्तान्तरण भयो भने यसपाली पनि १०८ वटा मुर्तिहरु आजुनेक्रम छ माग भएबमोजिमका स्थानहरुमा हस्तान्तरण हुने बताउनुभयो । यी मुर्तिहरु भारतको मध्यप्रदेश उज्जयान्म निर्माण हुने गर्दछ । आज सशस्त्र प्रहरी बल विपद व्यवस्थापन शिक्षालय तालिम केन्द्रमा सरस्वतीको मुर्ति हस्तान्तरण गर्न पाउदा अति खुशी लागेको बताउदै सकारात्मक सोच भवन र कर्म गरे भगवान्ले हाम्रा इच्छाहरु पुरा गरिदिने बताउनुभयो ।

पशुपति अन्नपुर्णा आश्रमका केन्द्रिय संरक्षक द्वय प्रा. डा. लब प्रसाद त्रिपाठी र इन्दिरा जोशी ले पशुपति अन्नपुर्णा आश्रम नमिले काफि छ कि राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश वैद्यले विगतका वर्षदेखि पशुपति अन्नपुर्णा आश्रम मार्फत धेरै स्थानमा भगवानका मुर्ति तथा घण्टा प्रदान गरेकोमा खुशी ब्यक्त गर्नुभयो ।

आश्रमका २ नम्बर प्रदेश संरक्षक एवं प्रेस समितिका प्रमुख अन्तर्राष्ट्रिय धार्मिक अभियन्ता भोगेन्द्र लाल कर्णले जनकपुरदेखि काठमान्डौ सम्म आएर सशस्त्र प्रहरी बल विपद व्यवस्थापन शिक्षालय तालिम केन्द्रलाई माता सरस्वतीको मुर्ति हस्तान्तरण गर्न पाउदा हर्ष बिमुख छु भन्दै राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्य प्रा.डा. लब प्रसाद त्रिपाठी इन्दिरा जोशी केन्द्रिय अध्यक्ष के. बि. सम्राटप्रति आभार ब्यक्त गर्दै अब सिंहदरबारलाई अध्यात्मिक र धार्मिक व्यक्तित्वहरुको खाचो भएको भन्नुभएको थियो ।

Like