यस बर्षको राष्ट्रिय नारी स्वर्ण सम्मान तनहुँकि चेली रिता घिमिरेलाई प्रदान

Share to:

विश्व ” १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रिय नागरिक बिकास समाजले प्रज्ञाभवन कमलादी काठमाडौंमा आयोजना गरेको विशेष समारोह अन्तरगत यस बर्षको राष्ट्रिय नारी स्वर्ण सम्मान कार्यक्रममा तनहुँ कि चेली रिता धिमिरे( तिमल्सिना)लाई प्रदान गरिएको छ।
शिक्षा सेवी घिमिरे गण्डकी प्रदेश तनहुँ जिल्ला ब्यास नगरपालिका -७ कलेस्ती निवासी हुनुहुन्छ।
नेपाल सरकार बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले शिक्षा क्षेत्रमा अतुलनीय योग्दान दिएको भन्दै बरिस्ठ शिक्षा सेवी घिमिरेलाई सम्मान गरिएको हो।
बालबालिका तथा जेष्ठ नागरिक मन्त्री महतोले शिक्षासेवी धिमिरेले विगत दुई दशकदेखि शिक्षा क्षेत्र र विभिन्न सामाजिक कार्यमा क्रियाशील भई अनुकरणीय कार्य गर्दै आएको र कोभिड-१९को महामारीका समयमा पनि आफ्नो स्वास्थ्यको कुनै प्रवाहनगरी अहोरात्र खटिएर क्रियाशिल भै आर्थिकरुपबाट पछि परेका गरिव,शारीरिक ,मानसिक रुपले असक्षम तथा अपांगता भएका र असायहरुलाई निरन्तर सक्रिय भै सेवा पुराई महत्त्वपूर्ण योगदान पुराएको भन्दै सम्मान गरिएको थियोे। शिक्षा सेवी एब्म् सामाजिक अभियानता रिता धिमिरे फिनिक्स मन्टेश्वरी ललितपुरकि प्रवन्ध निर्देशक ,जीवन विकासको बाल कक्षासंचालनमा सहजीकरणको भुमिका निर्वाह गरि सिटिई भिटीमा पाठ्यक्रम निर्माण एब्म् निर्धारणमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्न सफल हुनुभएको थियोे ।
बालबालिकाको शारीरिक मानसिक र संवेगात्मक वृर्दि र विकासकालागि महत्त्वपूर्ण शिक्षण सिकाई गराउन अग्रसर भै बाल शिक्षण सिकाई क्रियाकलापमा निपुर्ण शिक्षा सेवी धिमिरे दर्जनौं समाजिक संस्थामा आबद्ध हुनुहुन्छ ।
उक्त कार्यक्रमको सभापतित्व सामाजिक ब्याक्तित्व राजकुमार कर्माचार्यले गर्नुभएको थियोे भने राष्ट्रिय नागरिक समाजका अध्यक्ष महेशजंग कुवरले स्वागत मन्तब्य ब्याक्त गर्नुभएको थियोे ।
कार्यक्रममा संचार जगतमा महत्त्वपूर्ण योगदान पुराएको भन्दै कास्की कि संचारकर्मी बिमला भण्डारीलाई पनि सम्मान गरिएको थियोे । सांसद तुलसा थापा गौतमले शुभकामना मन्तब्यका क्रममा समाजमा भए गरेका विकृति ,विसंगति पुर्ण कुराहरुलाई यथार्थ चित्रण गर्न महिलाहरु समाजमा दिन प्रतिदिन अधिबड्दा समाजमा सामाजिक ,आर्थिक पक्षको राम्रो प्रगति भएको भन्दै सामाजिक एब्म् बौद्धिक ब्याक्तित्व रिताधिमिरेले समाजमा पुराउनु भएको योगदानको प्रशंसा गर्नु भयो। ।

Like