सेतीगंगा आधारभूत विद्यालयको३३ औं वार्षिक उत्सव एवं अभिभावक सम्मेलन
सेतीगंगा आधारभूत विद्यालयको३३ औं वार्षिक उत्सव एब्म् अभिभावक सम्मेलन सम्पन्न भएको छ।
बन्दिपुर -६ खहरेटारमा वि,स२०४४ साल फाल्गुन२२ गतेका दिन स्थापित भएको उक्त विधालयको ३३ औं बार्षिक उत्सब एब्म् अभिभावक दिवस् विविध साँस्कृतिक कार्यक्रमका साथ विध शनिवार सम्पन्न भएको हो।
उक्त बार्षिक उत्सबका प्रमुख अतिथि बन्दिपुर गाउँपालिका -६ का वडाअध्यक्ष सन्त बहादुर गुरुङले आफ्नो शुभकामना मन्तब्यका क्रममा बोल्दै विधालयको चौतर्फी विकासकालागि विधार्थी ,शिक्षक र अभिभावकहरुका बीच त्रीपक्षिय सुमधुर सम्बन्ध स्थापित हुन सके विधालयको शैक्षिक ,भौतिक र गुणस्तरमा बृर्दि हुने बताए । यसैगरी सो कार्यक्रमका बिशिस्ट अतिथि बन्दिपुर शिक्षा शाखाका प्रमुख बिष्णु खत्री,वडा नम्बर १ का वडा सदस्य अमृत शाही ,छिमेकी बिधालय बिष्णु माध्यामिक बिधालयका सहायक प्रधानाध्यापक दामोदर पोख्रेल ,भंगेरी प्राथामिक बिधालयका प्रधानाध्यापक टिकाराम गिरी,नेकपा बन्दिपुर वडा नम्बर १ का सचिब सुदिप पोख्रेल,बन्दिपुर कृषि प्रमुख सुलभ अधिकारीलगाएतले शुभकामना मन्तब्य ब्याक्त गरेका थिए। सेतीगंगा आधारभूत विद्यालयका प्रधानाध्यापक सिद्धान्त थापाले बिधालयको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने सोही विधालय ब्यबस्थापन समितिका अध्यक्ष बर्जाबहादुर गुरुङको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। शिशु कक्षा देखि कक्षा८ सम्ममा कुल ७४ जाना विधार्थीहरुअध्यानरत रहेकाछन।। उक्त अवसरमा विविध साँस्कृतिक कार्यक्रम गरिएको थियोे भने विधालयका विधार्थी ,शिक्षक ,अभिभावकहरुले अतिरिक्त क्रियाकलापमा भागलिएका थिए।

Like




