छात्रवासमा सहिद स्मारक र हरियाली पार्क शिलान्यास

आदिकवि भानुभक्त क्याम्पस सहिद चन्द्र नेपाली छात्रवासको प्राङ्गणमा निर्माण हुने सहिद स्मारक र हरियाली छात्रवासमा सहिद स्मारक र हरियाली पार्क शिलान्यास सोमवार विहान शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । गण्डकि प्रदेश सरकारको ५ लाख आर्थिक सहयोगमा निर्माण हुने उक्त स्मारक सहितको पार्कको प्रदेश सभा सदस्य माननीय डोवाटे वि. क. ले शिलान्यास गरेे।
२००७ साल माघ २ गते जनक्रान्तिमा लाग्दा तत्कालिन राणा शासकहरुवाट वन्दिपुर स्थित कैदखानवाट निकालिेएर राति गोलीहानि क्रुरतापुर्वक मारिएका तनसि सहिद चन्द्रवहादुर नेपाली (सार्की) को अर्धकदको शालिक उक्त स्मारकमा रहने भएको हो। छात्रावास व्यावस्थापन समितिका अध्यक्ष केश वहादुर सुनारको अध्यक्षतामा आयोजित उक्त समारोहमा प्रदेश सभा सदस्य माननीय सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख तथा क्या.संचालक समितिका.पुर्व अध्यक्ष शान्ति रमण वाग्ले, व्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने र व्यास नगरका प्रथम नगर प्रमुख एवम् क्या.संचालक समितिका.पुर्व अध्यक्ष तारा प्रसाद श्रेष्ठले सहिदका योगदान र छात्रावासको आवश्यकता र निर्माण चरणका संघर्षका वारेमा वोलेेेेका थिए।
उक्त कार्यक्रममा क्या. संचालक समितका अध्यक्ष व्रह्मदत्त तिमल्सेनाले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा क्यामपस. सञ्चालक समितिका निवर्तमान अध्यक्ष रामचन्द्र वस्नेेत, सल्लाहाकार सदस्य विश्व वास्तोला, समितिका उपाध्यक्ष वुद्दिमान श्रेष्ठ, तनहूँ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष वैकुण्ठ मिश्र, क्या.अभिभावक प्राध्यापक संघका अध्यक्ष सृजना तिवारी, क्या.सञ्चालक समितका सदस्यहरु, क्याम्पस प्रमुख महा प्रसाद हडखले, नेपाल पव्लिक क्याम्पस संघ, क्या. इकाइका अध्यक्ष विजयराज खनाल, क्या. आइक्यूएमसि संयोजक आत्मराम वास्तोला, विभागिय प्रमुख, विज्ञानचौर टोल विकास संस्था (टोविसं) अध्यक्ष भरत पन्थ, क्या. संचालक समितका सदस्य तथा हाइस्कुलटार टोविसंका अध्यक्ष सहविर उचाइ, मिलन टोविसंका अध्यक्ष सोमराज सिग्देल, प्राध्यापक, कर्मचारि र विद्यार्थिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख कल्पना लम्सालले गरिन। धार्मिक पुजाको सहजिकरण पंडित तुलशी पौडेलले गरे।
क्याम्पसमा हाल ३० जना विद्यार्थिहरु वसोवास गर्दै आइरहेका छन । उनिहरुले प्रतिमहिना १ हजार शुल्क छात्रावासलाइ वुझाउने गर्दछन । खाना, खाजाको खर्च भने उनिहरु आफैले वेहोर्ने गर्दछन । असाहयको हकमा छात्रावास आवास र खाना खाजा खर्च र पढाइ शुल्क छात्रावासकोष र क्याम्पस कोषले वेहोर्ने गर्दछ । आवश्यक देखिएका छात्रावासमा वस्ने विद्यार्थिहरुलाइ क्याम्पस र व्यास नगर पालिकाले छात्रवृत्ति दिदै आएको छ । हाल छात्राासको व्यावस्थापन छात्रावास व्यावस्थापन समितले गर्दै आएकोछ भने छात्रावास वार्डेनको रुपमा विद्यार्थीहरुको जिम्मा सहायक क्याम्पस प्रमुख कल्पना लम्सालले लिनुभएको छ । छात्रावासमा हाल १ जना आंशिक / अस्थाइ कर्मचारीको व्यावस्था गरिएको छ । तत्कालिन माननीय ऋषिवावु परियारको परिकल्पनामा उक्त छात्रावास वनेको थियो भने माननीय वि.क.को नेतृत्वमा उक्त छात्रावास निर्माण गरि संचालनका लागि २ वर्ष अगाडि छात्रावास हस्तान्तरण गरिएको थियो । निर्माण प्रारम्भ भएको १९ वर्ष पछि ०७५ साल मंसिरदेखि छात्रावास संचालनमा ल्याइएको थियो । माननीय वि.क.ले उक्त छात्रावास निर्माणमा करिव ६५ लाख खर्च भएको वताए। क्याम्पसमा अध्यनरत करिव २४ सय विद्यार्थीहरु मध्य गोर्खा,लम्जुङ लगायत वाहिरि जिल्ला र तनहुँका दुर्गम स्थानवाट क्याम्पसमा अध्यन गर्न आउने विपन्न वर्गको करिव ५ सय विद्यार्थीहरुको छात्रावासको माग रहेको छ । जसकालागी छुट्टै छात्रावास भवन निर्माण गर्नु अत्यावश्यक रहेको छ ।
Like