नगर प्रमुख न्यौपाने द्वारा शुद्धीकरण सहितको ढुङ्गेेधारा उद्घाटन


वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठले ढुङ्गे धाराले समग्र वडा नम्बर ३ मात्रै नभएर सदरमुकामको सौर्न्दर्य फेरिएको बताए ।विकास निर्माणमा जेसिआई ब्यासनगरको उल्लेखनीय र महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै खुसी ब्यक्त गरे।
जेसिआई ब्यास नगरका पुर्व अध्यक्ष सुरेश पुरीले कार्यक्रमको स्वागत मन्तब्यका क्रममा मानवताको सेवाका लागि जेसिआई ब्यासनगर हरदिन दत्तचित्त भैई सधै अग्रसर भएर लागि रहेको वताए ।
उक्त कार्यक्रमको शुभकामना मन्तब्यका क्रममा वडा सदस्य रविन पौडेलले अस्पताल जाने तथा विभिन्न सभा समारोहमा आउने सहभागी र वटुवाहरुका लागि पिउने पानीको अभाव नहोस् भन्ने मन्सायले हामी क्रियाशील भएको वताए ।उनले वडाको समग्र विकास निर्माणका कार्यमा हामी साथमा छौ उनले भने।सेवा नै धर्म भएको वताउदै वडा सदस्य पौडेलले हामी सामाजिक र सिर्जनात्मक कार्यकालागि कुनै पनि समय हाजिर छौ एकता सद्भाव र अनुकरणीय कार्यमा प्रत्येक तह र तप्काकाका युवाहरु हातमा हात साथमा साथ मिलाएर हिड्नु पर्नेमा जोड् दिए।
यसैगरी ,कार्यक्रमका सभापति ब्यास नगर जेसिआईका अध्यक्ष लक्ष्मीभक्त खनालले जेसिआई ब्यासनगरले समाजमा सुशासनकालागि ,लोकतान्त्रिक पद्धति , मूल्य र मान्यतालाईआत्मा साथ गर्दै विपन्न र असायहरुको सेवामा निरन्तर अहोरात्र हरदम लागिरहने बताए । उनले जेसिजले समाजमा भए गरेका विकृति,विसंगतिका विरुद्धमा हरपहर लागिरहने वताए। उनले जेसिजले सामाजिक हित ,लोककल्याणकारी कार्यमा सक्रियता प्रस्तुत गर्दै शुद्धीकरण सहितको ढुङ्गेधारा निर्माण गरिएको बताए । सुशासनकालागि सधै सचेत र चनाखो रहने जेसिज सामाजिक क्षेत्रमा रचनात्मक र उदहारणीय कार्य गर्ने प्रतिवद्दता ब्यक्त गरे। कुल ३ लाख२० हजारको लागतमा उक्त ढुङ्गेधारो निर्माण गरिएको समेत अध्यक्ष खनालले जानकारी दिए।






Like