पशुपति अन्नपुर्णा आश्रमले भब्यताकासाथ सरस्वति महोत्सव मनाउने

Share to:

रासंसा /काठमनडौ पशुपति अन्नपुर्णा आश्रम केन्द्रिय समितिले भोलि फाल्गुन ४ गते मंगलबार भब्यताकासाथ सरस्वति महोत्सव मनाउने भएको छ । पशुपति अन्नपुर्णा आश्रम मार्फत राष्ट्रिय समाजसेवी एवं आश्रमका प्रमुख संरक्षक प्रा. डा. जगदीश वैद्यको पहलमा त्रिभुवन विश्वविद्यालय किर्तिपुर परिसर उपकुलपतिको कार्यालय प्राङ्गणमा गत २०७६ साल सरस्वति माताको मन्दिर निर्माण सम्पन्न गरि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्नुभएको थियो ।

२०७७ सालको श्रीपंचमी वसन्त श्रवण सरस्वति जयन्ति एवं रातिका पूजा ४ गते मंगलबारका दिन बिहान ७:३० बिहान भब्यताकासाथ विद्यार्थी भद्र भलाल्मी प्राध्यापक डाक्टर शिक्षा विदलागायत सबैले मनाउने तय भएको आश्रमका केन्द्रिय अध्यक्ष के बि सम्राटले बताउनुभयो । यस अवसरमा आश्रमले सबै किसिमका पदाधिकारी तथा सदस्यहरुलाई एवं विभिन्न तहतप्काका महानुभावहरुलाई आमन्त्रण गरि महोत्सव सम्पन्न गर्न आमन्त्रण गरेको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका उपकुलपति प्रा. डा. धर्म कान्ता बास्कोटा किर्तिपुर नगरपालिकाका नगरप्रमुख रमेश महर्जन वडा प्रहरी वृत्तका प्रहरी परमुख रुकेश तन्दुकर त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका प्राध्यापक विद्यार्थी प्रतिनिधिहरुको उपस्थिति हुने र सबय र भब्यताकासाथ सरस्वति महोत्सब मनाउने जानकारी आश्रमका केन्द्रिय संरक्षक पूर्व सहसचिव प्रा. डा. लब प्रसाद त्रिपाठीले बताउनुभयो । पशुपति अन्नपुर्णा आश्रमले मुलुकका विभिन्न विद्यालय तथा विश्व विद्यालयमा सरस्वतीको मन्दिर निर्माण गरि महोत्सब मनाउदै आएको छ ।

पशुपति अन्नपुर्णा आश्रमले मुलुकका विभिन्न स्थानमा रहेका गुरुकुल्हारुमा लत्ता कपडा खाद्यान्न लगायतका सहयोगहरु गर्दै आएको छ । कार्यक्रममा पशुपति अन्नपुर्णा आश्रमका केन्द्रिय समितिका संरक्षक इन्दिरा जोशी प्रा. डा. ई. पदमलाल महर्जन प्रा. डा. कमला महर्जन पुर्व उपकुलपति प्रा. डा. तिर्थराज खनिया होम प्रसाद अधिकारी धार्मिक समितिका संरक्षक धन बहादुर श्रेष्ठ मानव सेवा समितिका संरक्षक श्याम अग्रवाल आश्रमका प्रदेश प्रमुख विभिन्न निकायका प्रतिनिधिहरुको उपस्थिति हुने महासचिव गुणराज दाहालले बताउनु भयो ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *