जेसिजद्वारा शुद्धीकरण सहितको धारा निर्माण , उदहारणीय कार्य गरेको भन्दै चौतर्फी प्रसंसा

Share to:
२९ गते ,बिहिवार

जेसिआई ब्यासनगर कार्य समितिको मानवीय सेवाभाव र उदहारणीय कार्य देखेर जिल्लावासी अतिनै हर्षित भएका छन्। सदरमुकाम दमौली स्थित ब्यास-३ अनसन चौतारीबाट दक्षिण – पश्चिमी अन्तिम चौतारी दमौली हस्पिटल प्रवेशगर्ने गेट सगै जोडिएको जेसिज ब्यासनगरले करिब ३ लाखको लगानीमा शुद्धिकरण सहितको ढुङ्गे धारा निर्माण कार्य सम्पन्न गर्न लागेको हो ।
जिल्लाको सदर मुकाम दमौली बजारमा हाल सम्म पनि एउटा पनि पिउने सार्वजनिक धारा नभएको र खानेपानीको धारा अति आबश्यक भएको महशुस गरि जेसिज ब्यासनगरको पहलमा उक्त धारा निर्माण गरिएको जेसिआई ब्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनालले वताए ।
अध्यक्ष खनालले विशेषगरी ग्रामीण भेगबाट बजारमा देैनिक किनमेल गर्ने,सागसब्वजी,फलफुल बिक्रीवितरण गर्न र उपभोग्य सामानहरु को खरिदबिक्री गर्न आउनेहरुकालागि सहज होस भनेर
उक्त धारा धार्मिक एब्म् सामाजिक हितकालागि र
अति विपन्न वर्ग ,गरिव ,असायहरुकालागि मिनिरल बोतल मागेर वा पानी किनेर खान नपरोस् भन्ने उदेश्यले उक्त सुदृढीकरण सहितको धारा निर्माण गरेका हौ उनले भने। हाम्रो जेसिआई ब्यास नगरका समितिहरुको आपसी आर्थिक सहयोगमा उक्त धारा निर्माण भएको हो उनले भने हामीले कुनै सहयोगी संघसंस्था सग सहयोग मागेका भने छैनौ उनले भने।
धारा निर्माण हुने भए पछि विहान नियमित शारीरिक ब्याम गर्नेहरु जस्तै फुटबल , कराँते , बास्केटबल , किर्केट, ब्याडमिन्टन लगाएत दर्जनौं खेलका सयौ खेलाडीहरुले शारीरिक ब्याम पश्चात् शुद्धीकरण सहितको पिउने पानीको पर्याप्त ब्यवस्था हुदाँ लाभान्वित हुने छन्। यस्तै जिल्ला अस्पतालमा आएका विरामीहरुले समेत उक्त खानेपानीको उपभोग गर्न सहज हुने छ।
उक्त धारामा फिल्टरिङ जडान गरिएको छ। निर्माण भएको धाराबाट स्थानीय ब्यास,२,३ र ४ का वडा वासी दैनिक प्रत्यक्ष लाभान्वित हुने छन्। सामाजिक अभियानमा जेसीआई व्यासनगरले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।
जेसिआई ब्यास नगरले नगर भित्र अत्यान्त महत्त्वपूर्ण सामाजिक तथा उदहारणी कार्य गरेको छ। कोभिडको महामारीको चरम जोखिमपूर्ण अवस्थामा पनि नगरका विभिन्न वडाहरुमा ब्यास-१० र १३ नम्बर वडाका अति विपन्न वर्गका स्थानीयवासी ,दलित ,जनजातिहरुलाई रहात वितरण गरेको जानकारी अध्यक्ष खनालले दिए। समाजमा आर्थिक रुपले पछि परेका,कोठाभाडामा बसेर दैनिक ज्याला मंजदुरी गर्ने,असहायहरु सम्वन्धित स्थानको पहिचान गरि उनीहरुलाई खाध्यसामाग्री वितरण ,लत्ताकपडा, र नगद रुपैयाँ सहित राहात वितरण गरिएको जानकारी उनले दिए। जेसिआई ब्यासनगरले समय समयमा साईनिङस्टार,युवाहरुलाई नेतृत्व सम्बन्धि तालिम दिने गरेको अध्यक्ष खनालले जानकारी दिए।
सुदृढीकरण सहितको धारा निर्माण केही दिनमै सकिने र नव निर्मित धाराको उद्घाटन ब्यासनगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले गर्ने कार्यक्रम रहेको छ

Like