नेपाली काँग्रेसका पुर्व सहमामन्त्री जोशीको कारबाही फिर्ता लिन सिफारिस

Share to:

नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँले सोही पार्टीका पुर्व सह- महामन्त्री गोविन्दराज जोशीमाथि गरिएको कारबाही फिर्ता लिन सिफारिस गरेको छ।
ब्यास -३ स्थित वि,पि स्मृति भवनमा बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले पुर्व गृहमन्त्री समेत रहेका जोशीलाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गर्ने गत साउनको निर्णय सच्याउन केन्द्रीय अनुशासन समितिलाई पत्राचार गर्ने निर्णय गरेको हो।
नेता जोशीको फुकुवाको माग वडा ,गाउँ,नगर र जिल्लाबाट पटक- पटक विभिन्न तह र तप्काबाट आउन थाले सगै उनीहरुको माग सम्बोधन गर्न उक्त कार्वाही फिर्ता सिफारिस पत्र पार्टीको केन्द्रीय कार्यालयमा पठाईएको नेपाली काँग्रेस पार्टीका जिल्ला सभापति बैकुण्ठ न्यौपानेले जानकारी दिए।
नेता जोशीले चुनावका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध अभियान नै चलाएर पराजित गराएको आरोपमा काँग्रेस पार्टी अनुशासन समितिले गत साउन १० गते जोशीलाई ५ वर्षका लागि कांग्रेसको साधरण सदस्यसमेत नरहेन गरी कारबाही गरेको थियो।
यसैगरी सोही पार्टीका चर्चित नेता भीष्मराज आङ्दम्बे नेतृत्वको ५ सदस्यीय अनुशासन समितिले जोशीसहित पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य पुस्करनाथ ओझा र कांग्रेस डडेल्धुराका सचिव रामबहादुर विष्टलाई समेत पार्टीबाट अनुशासन हिन कार्य र पार्टीको हितविपरीत काम गरेको भन्दै निषकासन गरेको थियो।
Like