३४ औं ब्यास नगर सभा सम्पन्न,उत्कृष्ट कार्यगरेका१७ जना पुरस्कृत

Share to:
विभिन्न क्षेत्रमा उच्चस्तरीय योग्दान पुर्याएका १७ जना पुरस्कृत
ब्यासनगर पालिकाका प्रशासन शाखा प्रमुख मेघनाथ आचार्य पुरस्कृत
ब्यास-२ स्थित ग्रिन सिटी टोल विकास संस्थाका अध्यक्ष सुरेश वाग्ले

तनहुँ २८ गते,बुधबार

                     जिल्ला कै जेठो नगरपालिका व्यास नगरपालिकाको ३४ औं नगर सभा  सम्पन्न भएको छ । सोही  नगरपालिकाका प्रमुख  बैकुण्ठ न्यौपानेको अध्यक्षतामा चालु आर्थिक बर्ष ०७७/०७८ को संशोधित नीति तथा कार्यक्रमको सममिक्षा प्रतिवेदन पारित गरिएको जानकारी ब्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले दिए। उनका अनुसार ,
संशोधित वजेट तथा कार्यक्रम  १,५७,२७,१२,००लाई यथावत कायम गरि संशोधित आयमा संघ सरकार तथा जिल्ला समन्वय समितिबाट प्राप्त हुने रु. २२,८१,९,००० थप गरि आन्तरिक आयमा सोहि बराबरको घटाईएको छ उनले भने।नगर सभामा पेश भएका विभिन्न प्रस्ताव एवं अन्य समसामयीक विषयहरु उपर विभिन्न वडाबाट सहभागिता जनाउने २७ जना नगर सभासद्हरुले आ-आफ्नो विचार राखेको  प्रवक्ता श्रेष्ठले बताए ।
                    उक्त नगर सभामा लेखा समितिबाट पेश हुन आएको आर्थिक बर्ष २०७५/०७६ सम्मको बेरुजु तथा पेश्की सम्बन्धी रु१०,५०,४७,७६०।- को सम्परिक्षण गर्नु पर्ने प्रस्ताब पारित गरिएको नगर प्रमख न्यौपानेले जानकारी दिए।  घरवहाल कर लगाउने प्रयोजनका लागि आवश्यक तथ्याङ्क संकलन एवं दर निर्धारण गर्ने उदेश्यका साथ आवश्यक प्रकृया अगाडि बढाउन  ब्यास-२ का वडाअध्यक्ष काशिराम श्रेष्ठको अध्यक्षतामा घरवहाल कर व्यवस्थापन समिति गठन भएको  हो ।
यसैगरी, न्यौौपानेले   स्थानीय स्तरमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर  निर्धारण एवं अध्यावधिक  गर्ने कार्यका लागि नगर कार्यपालिकालाई अधिकार प्रत्यायोजन गरिएको जानकारी   दिए। यस्तै   वडा नं २ र ३ मा ८(आठ) आना भन्दा बढी क्षेत्रफलमा निर्माण हुने व्यवसायीक प्रयोजनका भौतिक संरचनाहरुको निर्माण स्वीकृति प्रदान गर्दा ७०%(सत्तरी) प्रतिशत भन्दा बढी जग्गा उपयोग गर्न नपाउने गरी निर्माण स्वीकृती गर्ने तर ५०%(पचास) प्रतिशत भन्दा बढी जग्गा उपयोग गरी संरचना निर्माण गर्ने जग्गाधनिहरुले अनिवार्य रुपमा अण्डर ग्राउन्ड पार्किङको व्यवस्था मिलाउनुपर्ने गरि मापदण्ड निर्धारण गरिने ब्यवस्था मिलाईनेछ   नगरप्रमुख न्यौपानेले भने।  वडाकार्यालयको सिमा हेरफेरका लागि ब्यास नगर उप-प्रमुख  मीरा जोशीको संयोजकत्वमा गठित समितिको प्रतिवेदन साथै सर्वदलिय वैठकको निर्णय बमोजिम नगरपालिकाको आन्तरिक तथा छिमेकी गाँउपालिका तथा नगरपालिहरुका आंशिक क्षेत्रहरु समेत हेरफेर हुने गरि नगरपालिकाका विभिन्न वडाहरुको सिमाना हेरफेर तथा वडा विस्तार गर्ने निर्णय भएको छ। वि.पि खेलमैदानको कवर्डहल शिक्षा कार्यालय सगैको उतर पश्चिम पट्टीको भागमा  स्थानान्तरण गर्ने भएको र सामान्य हेरफेर गर्ने लगायतका प्रस्तावहरु पारित गरिएको नगर प्रमुख न्यौपानेले जानकारी दिए।
                उत्कृष्ठ कार्य गर्ने उपभोक्ता समिति र टोल विकास संस्था तथा अधिकतम कर तिर्ने करदाता लगायत उत्कृष्ठ कार्यसम्पादन गर्ने कर्मचारीहरु समेत १७ जनालाई पुरस्कृत गरिएको छ। पुरस्कृत हुनेहरुमा यसै आ.ब.मा सबैभन्दा बडी कर तिर्नैहरुमध्येबाट ब्यास-२ उतरशिला टोल निवासी बृषराज श्रेष्ठ रहेका छन्। यसैगरी, टोल विकास संस्थाकोहरुको तर्फबाट ग्रीनसिटी टोल विकास संस्थाका अध्यक्ष सुरेश वाग्ले पुरस्कृत भए । उपभोक्ता समिति मध्यबाट ब्यास-१३ सिद्ध गुफा संरक्षण समितिका अध्यक्ष  पुर्णबहादुर राना पुरस्कृत भएका छन्। शिक्षा तथा सामाजिक शाखाका प्रमुख नगेन्द्र प्रसाद रेग्मी शिक्षा क्षेत्रमा विविध विषयहरूमा   महत्त्वपूर्ण योग्दान दिएको भन्दै पुरस्कृत भए ।ब्यासनगरपालिकाको कार्यालय अन्तरगत प्रशासन शाखाको तर्फबाट मेधनाथ आचार्य सम्मानित भए । यसैगरी पशु विकास अधिकृत डा. मनोज वि,क राजश्व तथा लेखा शाखा प्रमुख हुन् सम्मानित भए ।यसैगरी स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत प्रमोद सोती पुरस्कृत भए  उनलाई अहोरात्र  जनसेवामा खटिएको भन्दै पुरस्कार प्रदान गरिएको हो। यस्तै पुरस्कृत हुनेहरुमा क्रमशः  ब्यासनगरपालिकाका  बरिस्ठ आन्तरिक लेखा अधिकृत कुमार कंचन जि,सि,सुब्बा खरिदारहरुको तर्फबाट विष्णु खड्का क्षेत्री ,सामुदायिक परिचालक अधिकृत वडा सचिव मध्येबाट सावित्री आचार्य ,योजना शाखाका वरिष्ठ ईन्जिनियर डा.राजु पौडेल ,अमिनहरुका तर्फबाट घरनक्सा शाखाका याम अमित,सरसफाइ उप शाखाबाट भाग्यशाली ढुङ्गाना,सवारी चालकहरुको तर्फबाट तिर्थ तामाङ ,कार्यालय सहयोगीहरुको तर्फबाट राजकुमार श्रेष्ठ ,नगरप्रहरीहरुको तर्फबाट प्रहरी जवान रवि गौली पुरस्कृत भएका ब्यासनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए।

ब्यासनगरपालिकाका बरिस्ठ आन्तरिक लेखा अधिकृत कुमार कंचन जि,सी
सरसफाई उप शाखाका प्रमुख भाग्यशाली दुङ्गाना पुरस्कृत
Like