मन्त्री रामवीर मानन्धरलाई राष्ट्रिय नागरिक समाजद्धारा अभिन्नदन तथा सम्मान

Share to:

राष्ट्रिय नागरिक समाजद्वारा नेपाली गित गाएर बिश्व किर्तिमान राख्नु भएका शहरी बिकास राज्य मन्त्री रामबीर मानन्धरलाई अभिनन्दन कार्यक्रम गरेको छ । राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अबसर पारेर २०७७ माघ २ गते शुक्रबार राष्ट्रिय नागरिक समाजद्वारा आयोजित कार्यक्रममा मन्त्री मानन्धरलाई आयोजित संस्था लगायत ओसी ग्रुप (अनलाइन कक्षा) नेपाल लगायतका बिभिन्नि संघ संस्थाले बधाई तथा शुभकामना दिएका हुन् । राष्ट्रिय नागरिक समाजले नेपाली पञ्चे बाजा सहित राज्यमन्त्री मानन्धरलाई दुवोको माला लगाएर संस्थाका अध्यक्ष महेशजंग कुँवरले बिभिन्न संघ संस्था समाजसेवी लगायतका २०० जनाको उपस्थितीमा अभिनन्दन सहित बधाई गरे ।

मन्त्री मानन्धरले ४ घण्टा ५ मिनेट २० सेकेन्ड गीत गाएर विश्व कीर्तिमान राख्नुभएको हो । राष्ट्रिय नागरीक विकास समाजको हार्दिक बधाई तथा शुभकामना कार्यक्रममा बिभिन्न सामाजिक संघ संस्था र सामाजिक व्यक्तिबाट मन्त्री मानन्धरलाई ताम्रापत्रबाट सम्मान गर्दै बधाई दिइएको छ । साथै उक्त विशेष कार्यक्रममा मन्त्री रामवीर मानन्धरले विभिन्न क्षेत्रमा काम गर्ने सामाजिक अभियन्ताहरूलाई कोभिडन१९ नेशनल हिरो अवार्ड २०२० प्रदान गर्नुभयो । उक्त विशेष कार्यक्रममा ओसी नेपाल (अनलाइन कक्षा) नेपालको पनि मन्त्री मानन्धरले ब्यानर उद्घाटन गरी सञ्चालन गर्नुभएको थियो । ओसी नेपाल डट कम (अनलाइन कक्षा) सञ्चालनमा आएको छ । नेपाली गीत गाएर विश्व कीर्तिमान राख्नुभएका मन्त्री रामवीर मानन्धरले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा ओसी नेपालको ब्यानर उद्घाटन गरेर ओसी नेपाललको शुभारम्भ गरेका हुन् । ओसी नेपाल डट नेपाली परिवेश अनुसार नेपाली बिद्यार्थीहरुलाई अनलाइन पढाउन र पढ्न मिल्ने स्कूल मिल्ने सोसल प्लेटफर्म भएको यसका संस्थापक भरतराज उप्रेतीले बताए । राष्ट्रिय नागरिक समाजले राष्ट्रिय भुकम्प दिवसको अवसर पारेर गरेको विशेष कार्यक्रममा ओसी नेपाल डट कमको शुभारम्भ गरिएको हो । ओसी नेपालबाट १ घण्टा लाइभ कक्षा, मिटिङ गर्न मिल्नेछ । अनलाइन परीक्षा र अनलाइन परीक्षा तयारी समेत ओसि नेपाल डट कमबाट गर्न सकिने ओसी नेपालका सदस्य दीपक कार्कीले बताए । यो सिस्ष्टम ओसी नेपाल ग्रुपले तयार पारेको हो । ग्रपका १० जना सदस्यहरु छन् ।

Like