प्रचण्ड र नेपालले आफनै घरमा आँगोलगाएर हिडे- मन्त्री रायमाझी

Share to:
अन्जनराज न्यौपाने ,गण्डकी प्रदेश तनहुँ ,२७ गते सोमबार

नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री एब्म् नेकपा स्थायी कमिटीका केन्द्रीय सदस्य समेत रहेका टोपबहादुर रायमाझीले नेकपाको पार्टी कार्यालय ब्यास-३दमौलीमा आयोजित कार्यकर्ता भेला कार्यक्रमका क्रममा बोल्दै पुष्पकमल दाहाल ( प्रचण्ड) र माधव कुमार नेपालले आफनै घरमा आँगोलगाएर हिडेका आरोप लगाएका छन। कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेका उर्जा मन्त्री रायमाझीले संसद् विघटन रहरले नभई बाध्यात्मक परिस्थितिकाकारण भएको बताए।
मन्त्री रायमाझीले देश संकमणकालिन अबस्थामा गुजरिरहेको र पार्टीको अन्तरविरोधका कारण पार्टी मा केही समय अराजक स्थिति पैदा भएको बताए । पार्टी भित्रका कसैकसेलाई राम्रो काम गर्दा पनि रिसउठ्ने र असहयोग गरिरहने समय -समयमा बखडा झिक्ने,धाक,धम्की र ध्वास छाड्ने , नैतिकता र कम्युनिस्ट राजनैतिक चरित्र देखाउन नसक्नेले पार्टी चलाउन कहिलैपनि नस्सक्ने भन्दै नेकपामा फुट्नुको मुख्य कारण अध्यक्ष केपी ओलीलाई आन्तरिक सड्यन्त्रगरि हटाउन खोजेपछि प्रचण्ड र माधव नेपाल एक भै पार्टीलाई दुई खेमामा विभाजिन गर्न खोज्दा पार्टी र संधिय गणतन्त्र नै धरापमा परेको छ उनले भने। उनले अध्यक्ष ओली सग स्वभाव जन्य गल्ती होलान तर पार्टीको नीति र सिद्धान्तमा कहिलै केपी कमजोर नभएको बताउदै सहिलाई सहि ,गलतलाई गलत भनेर छुट्याउन नसक्नेले जिवनमा गहिरो धोका खाने बताए ।
आफू कता हिडे ,कता पुगे र कता हराए भनेर निन्द्रामा बरबराउदै हिडेझै प्रचण्ड र माधव नेपाल नारीएर बाटो विराएर हिडिरहेको बताए । लिगेसि हामीलाई मान्यता नहुने र पार्टी र जनतामा भ्रमको खेती गर्न आफुहरु कहिलै पनि नचाहने उनले बताए ।
यसैगरी गण्डकी प्रदेशका अर्थ मन्त्री एब्म् सोही पार्टीका प्रभावशाली नेता किरण गुरुङले सांगठनिक अराजकताको परम्परा माओवादीमा सदियौ देखि चलिआएको र नेकपामा गुटबन्दीकाकारण केही समस्या परेपनि पार्टी र आम कार्यकर्ता कहिलैपनि विचलित हुन नहुने बताए ।
बाटो विराएर गएकाहरु पार्टीको मुलधारमा आएर आफ्नो पश्चातापगरि पार्टीमा गरेको नकारात्मक कार्यका कारण पर्याश्चित र आत्मानुशासन पुर्वक आत्मासमिक्षागरि घर फर्कनुको कुनै विक्लप नरहेको बताए। आगामी चुनाबमा भाग लिएर देखाउन जोड दिए। लोकतान्त्रिक मूल्य र मान्यताको कदर नगर्नेहरु चुनाबदेखि डराउने बताए । प्रतिगामी तत्व देखि होसियार हुन समेत कार्यकर्तालाई निर्देशन दिए।उनले नेकपा माअोवादी संग ६० र ४० मा पार्टी एकीकरण भएको र अब भने धुर्विकरण हुन सक्ने संकेत दुखिएको बताए ।संस्थापन पक्ष भनेकै केपी ओली भएको दावी गरेका उनले, होस गुमाएका माधव र प्रचण्ड यही पाराले हिडे पार्टी र जनताबाट सधै अविस्वासीलो र उनीहरुको पार्टी नैल अबैधानीक हुने बताए ।पार्टीमा सुर्य चिन्ह र संस्थापन पक्ष केपी ओलिकै हुने मा आफू निर्धक्क रहेको बताए ।
हारेकाहरुवाहरुलाई कुनै पनि हालतमा जनता र पार्टीले अध्यक्ष दिन नसकिने बताए । सर्वसहमत पार्टीको अध्यक्ष चयनभएका निर्वाचित अध्यक्ष केपि ओलिलाई सबैको सहयोग र साथ तल्लो लेवल देखि माथिल्लो तहसम्म रहिरहने छ उनले भने । आफुलाई कम्युनिस्ट भन्ने हो भने, पार्टीको नीति र सिद्धान्त अनुरुप चलन र महाधिवेशनमा तयार रहन आग्रह समेत उनले गरे। अधिनायकवादी शैली,निरंकुश सोच,सामन्ती सोच र अराजक सोचले उनीहरु प्रत्येक कार्यशैलीबाट पछाडि परेको र पुनःसमयले आफै घुडा टेक्न बाध्य वताए ।फलस्वरूप पार्टीको मुलधारमा नआई सुख नहुने बताए । जनताका माँझमा जान नस्क्ने प्रतिक्रिया बादी शक्तिहरु सलवलाएका र अपांगहरु सलवलाएर दौडको मैदानमा सफल र प्रथम हुन नस्सक्ने बताए । बैलगाडा चलाएर अमेरिका नपुगिने सैद्धान्तिक र नीति गत आन्दोलन अाब्श्यक हुने बताए ।लोकतान्त्र ,संविधान ,पार्टीको अनुशासन र जनताको मागलाई चिन्न नस्क्नेले अन्तिममा धुलो समयले चटाउने छ उनले भने।
बाटो विराएर धुलमुलमा परि हिडेका अनिधोमा परेकाहरु एकदिन गम्भीर दुर्घटनामा पर्ने बताए । आगामी चुनाबमा नेकपाको विजय सुनिश्चितहुने पार्टीको हित विपरीत लाग्ने अवसरबादी हरु धुडाटेकेर आउने बताए । दंम्ब राखेर ,पुरानो विचार बोकेर हैन पार्टी अनुशासन विपरीत नहिड्न आग्रह समेत गरे ।

    पार्टीका स्थायी  कमिटी सदस्य एब्म् गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रचण्ड र माधव नेपालको नेकपा र केपी ओलीको पक्षको नेकपा संस्थापन कुन हुने भन्ने विषयमा दोधारमा नरहन र आफ्नो पार्टी नेकपाको सुर्य चिन्ह नै हाता पार्नै बताए । 
पार्टीको अनुशासन र हित विपरित हिडे पार्टी र कार्यकर्ताले नै आमकार्वाही गर्ने मन्त्री रायमाझीको चेतावनी 

मुलुकको भविष्यकालागि प्रचण्ड र माधव नेपाल कोठा भाडामा नभै आफनै घरमा फर्कन आग्रह समेत उनले गरे।सत्तामोहको लोभमा पर्दा जिवनमा सधै अनिधो र अनुशासन हिन चरित्र नदेखाउन अपिल समेतगरे। अविस्वासको प्रस्ताव राख्न खोज्दा प्रचण्ड र माधव नेपाल लप्सीको वियो उछिटेझै उछिटिन बाध्य भएको बताए । अलोकतान्त्रिक ,अराजक ,तानाशाही ,भद्रगोले र हिंसात्मक प्रवृत्ति मनै देखि फालेर नआए प्रचण्ड र माधव नेपाललाई जनता र पार्टीले स्विकार्न नसक्ने बताए । टोल,गाउँ,नगर र जिल्लामा धोरेटो बाटो ,नयाँ विधालय,स्वास्थ्य चौकी ,विजुली,खानेपानीको विस्तार तिब्र गतिमा भैरहेको बेलामा आन्तरिक कलहमा नभै देशका जनता र पार्टीको स्वाभिमान तर्फ आत्मासात गर्दै देशको संवृर्दी तर्फ सबै एक जुट भएर लाग्न आग्रह गरे। जनताको विस्वासीलो पात्र बनेर हिड्न सक्नु पर्ने बेलामा मुलुक र पार्टीलाई धरापमा पार्ने काम कोही कसैले नगर्न अपिल गरे। भाईफुटे गबार लुटे भन्ने उखानलाई आत्मा साथ गरि एकतानै बल भएको बताउदै सबै मिलेर गलतबाटो त्यागेर सहिबाटो हिड्न समेत मुख्य मन्त्री गुरुङले आवहान समेत गरे।

Like