रोट्राक्ट कलवको स्वास्थ्य उपचार सम्बन्धि १ दिने प्रशिक्षण सम्पन्न

Share to:
तनहुँ समाचार दाता,दमौली ,२५ गते शनिबार

तनहुँ जिल्ला स्थित रोट्रयाक्ट क्लब अफ दमौलीको आयोजनामा प्राथमिक स्वास्थ्य उपचार सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
सोही क्लबका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा उक्त कार्यक्रमका सम्पन्न भएको हो । व्यास नगरपालिकाका प्रवक्ता एवं व्यास-५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठ प्रमुख अतिथि रहेको उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले घाइते वा बिरामीलाई सम्बन्धित उपचार केन्द्रमा पुर्‍याउन अघि बिरामीको थप स्वास्थ्य बिग्रन नदिन गरिने प्राथमिक स्वास्थ्य उपचारले नै बिरामीको जीवन जोगाउन सहयोग पुर्याउने बताए । साथै यस्ता खालका कार्यक्रमहरु विद्यालयमा मात्रै नभई समुदाय र टोलटोलमा जनचेतना जागृत गर्नुपर्ने उनले छ उनले भने।
कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी गण्डकी प्रदेशका संयोजक तथा प्रशिक्षक कृष्णचन्द्र पाण्डे, रोटरी क्ल्ब अफ दमौलीका अध्यक्ष दामोदर भण्डारी,
रोट्रयाक्ट क्लब अफ दमौलीका निवर्तमान अध्यक्ष मनोज राउत, उपाध्यक्ष सुस्मा श्रेष्ठ, कार्यक्रम संयोजक श्रीराम गन्दर्भ, सहभागी विद्यालयका तर्फबाट सत्यवति माविका शिक्षक प्रमोद पौडेल लगायतकाले बोलेका थिए ।

सो प्रशिक्षण कार्यक्रममा व्यास नगरपालिका भित्रका ७ वटा सामुदायिक विद्यालयका ६० जना विद्यार्थी सहभागी रहेका थिए ।

Like