मुलक अलोकतान्त्रिक पद्धति र व्यापक भ्रष्टाचारको दलदलमा फसेको छ- केन्द्रीय अध्यक्ष थापा

Share to:
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापा
बरिस्ठ समाजसेवीहरु भिमबहादुर बस्नेत ,देवनिधि पन्थ,प्रेमबहादुर गुरुङ ,गोबर्दन भट्टराई लगाएत ११ जनालाई उच्च सम्मानका क्रममा फोटो खिचाउदै केन्द्रीय अध्यक्ष – थापा


अन्जनराज न्यौपाने ,तनहुँ ,२४ गते शुक्रबार
         राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समितिको आयोजनामा  झण्डोतोलन तथा चुनाब चिन्ह अनाबरण समारोह एक   कार्यक्रमका बीच सम्पन्न भएको छ।
जिल्ला स्थित ब्यास-३मा रहेको  तनहुँ उधोगबाणिज्य सघको सभाकक्षमा  शुक्रबार आयोजित कार्यक्रमका प्रमुख अतिथि पुर्व  उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत बनेका  राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले आफ्नो  मन्तब्यका क्रममा बोल्दै वर्तमान  नेपाल अलोकतान्त्रिक  चरित्र ,व्यापक अधिनायकवादी शैली र भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाएका छन्।
काँग्रेसले धर्म निरपेक्षता,संधियता र विदेशी दलालको पछि लागेर  कम्युनिस्टहरुको ऐजेण्डा बोकेर हिड्दा र राजतन्त्रको विरोध गर्दा नेपालमै हार वेहोर्न बाध्य भएको बताए ।  नेपाली काँग्रेस र कम्युनिस्ट पार्टीको विचार भन्दा फरक विचार बोकेर हिडेको  पार्टी राप्रपाले  परम्परागत बैदिक सनातन हिन्दु  धर्मको मूल्य र मान्यतालाई आत्मा साथ गर्दै राष्ट्रको चौतर्फी विकसकालागि सधै कठिबद्द भएर लागिपर्नै उनले  बताए । कम्युनिस्ट पार्टीले माओवाद, लेनिनवाद , साम्यवाद शैली  बोकेको र काँग्रेसले समाजवादको नीति लिएर अधिबडेको तर विधान ,धोषणा पत्र,आधार पत्र अनुसार दुई पार्टी गैर जिम्मेवार भएर  लाग्दा नेपाली जनताले चारै तिरबाट तिरस्कार गरेको बताए ।
आफ्नो पार्टी गलतबाटो पहिचान गरि अधि बडेको छ उनले भने । मिया विनाको दाँही हुन  नस्कने बताउदै उनले देशमा राजा वर्तमान अवस्थामा अपरिहार्य भएको बताए । धर्म अनुशासन हो धर्म छाडा काँग्रेस र कम्युनिस्टले देश बनाउन नभै विगार्न मात्रै सक्ने बताए ।  काँग्रेस र कम्युनिस्टको स्वभाव   बाँदरको  जस्तै भएको भन्दै  उनले भने बाँदरले आफ्नो घरपनि वनाउदैन अरुको घरपनि बनाउन दिदैन भनेझैं दुई पार्टी देशकालागि घातक भएको आरोप लगाए।
आफ्नो पार्टीको संगठन सुदृढीकरणका लागि फागुन १५ गते सम्म सक्रिय सदस्यता  वितरण गरिने र केन्द्रीय महाधिवेशन आगामी  बैशाख भित्र नै  गरिसक्ने बताए ।
उनले वडा ,गाउँ, नगर जिल्लाका राष्ट्रबादी शक्तिहरुलाई क्रियाशील बनाईने बनाउदै  देशभर ६ हजार७ सय ४३ वडाहरुमा सक्रियरुपले  क्रियाशील सदस्य वितरण गरिने लक्ष्य राखेको बताए । हिन्दु राज संस्था पुनस्र्थापना ,भ्रष्टाचारविरुद्ध ,अलोकतान्त्रिक चरित्र ,अधिनायकवादी शैलीका विरुद्ध सबै मिलेर एक जुट हुँदै लाग्न समेत कार्यकर्ताहरुलाई निर्देशन दिए। आफ्नो पार्टीको विवादित चुनाव चिन्ह पार्टी एकीकरण भए पछि  हलो नै चुनाव चिन्ह यथावत् नै रहने  जानकारी दिए।
              यसैगरी कार्यक्रमका क्रममा
पुर्व महिला बालबालिका तथा समाज कल्याण राज्य  मन्त्री दुर्गा श्रेष्ठले  राप्रपा खारीएको सुन  जस्तै भएको बताउदै  यसलाई धोई पखाली चोख्याउनु नपर्ने   विसुद्द    वैदिक  सनातन हिन्दु धर्मलाई काँधमा लिएर हिडेको पार्टी भएको  बताईन्।  उनलाई  हिन्दुराज्य र राजा सहितको राज्य हुनुपर्ने मा जोड दिईन । उनले महिला र युवाहरुलाई राज्यको मुलधारमा ल्याएर सिद्धान्तमा विचलित नभै लाग्न कार्यकर्ताहरुलाई आग्रह गरिन। पार्टी एक भएर संबैधानिक  राजा र हिन्दु राष्ट्र हाम्रो मुल एजेन्डा हो अब देशमा युवा र महिलाको पालो आएको छ हाम्रो पार्टीले युवा शक्तिलाई उच्च सम्मानगरि महत्त्वपूर्ण स्थान दिने छौ उनले भनिन् ।२०४६ साल पछि देशमा अशान्ति ,हत्या ,हिंसा,आतंक मचाउने काम तीब्र भएको बताउदै ,विदेशी दलालहरुले देशलाई र राजसंस्थालाई असविकार गर्दा  भ्रष्टाचारको चपेटामा परेको देश गम्भीर संकटमा फसेको बताईन । अलोकतान्त्रिक र अधिनायकवादी कदम हटाएर  अब छिटै  राजसंस्था पुन स्थापित हुनेमा  आफू विस्वस्थ रहेको  बताईन।
                          सोही पार्टीकि केन्द्रीय सदस्य गौमाया श्रेष्ठ ,  पार्टी नेता सोमबहादुर गुरुङ ,सोही    पार्टीका केन्द्रीय सदस्य राजेन्द्र अधिकारी
,लमजुङ जिल्लाका पुर्व पार्टी सभापति हेमजंग गुरुङ , सोही पार्टीका जिल्ला अध्यक्ष विनोद धर्ती लगाएतले राष्ट्र ,राष्ट्रियता प्रजातान्त्र उदारवाद भन्ने पार्टीको मुल नारालाई आत्मा साथ गर्दै सबै स्थानीय तहहरुमा एक ढिक्का भै वडा,नगर गाउँ र जिल्ला हुँदै केन्द्रमा समेत सांगठनिक प्रक्रियामा सबै राष्ट्रबादी शक्ति एक भएर लाग्नुपर्नैमा जोड दिएका थिए।
    सो कार्यक्रममा   नेपाली काँग्रेस र नेकपाका परित्याग गरि राप्रपामा ३ जनाले पार्टी प्रवेश गरेका थिए भने राष्ट्रिय प्रजातान्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले दोसल्ला ओढाएर पार्टीका  ११जना अगुवा कार्यकर्ताहरुलाई सम्मान गरेका थिए।

Like