ट्राफिकको सडक प्रशिक्षण कार्यक्रममा २ सय१० मोटरसाइकल चालक प्रशिक्षित

Share to:


अन्जनराज न्यौपाने ,तनहुँ २३ गते बिहिवार

  ट्राफिक नियमको पालना गरौ आफू बचौ ,अरुलाईपनि बचाऔ भन्ने मुलनाराका साथ शुरु भएको     सचेतना मुलक  सडक प्रशिक्षण कार्यक्रम जनहितकारी भएको  भन्दै मोटरसाइकल चालकहरु खुसी भएका छन्। 

दुई पाङ्ग्रे सवारी चालकहरुले ट्राफिक प्रहरीले चालेको जनहितकालागि आयोजित कदम अत्यन्तै समय सान्दर्भिक ,चेतनामूलक , फलदायी र स्वागतयोग्य भएको मोटरसाइकल चालकहरुले बताएका छन्।
ट्राफिक प्रहरी कार्यालय गण्डकी प्रदेश कार्यालय कास्की र गण्डकी प्रदेश अन्तरगत रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा तनहुँ जिल्लाको सदरमुकाम दमौलीका विभिन्न स्थानहरुमा ट्राफिक ब्यवस्थापन सुधार कार्यक्रम शुरु गरेको हो।
ब्यासनगरपालिकाको दमौली ,म्याग्देगाँउपालिकाको गुणादीमा कार्यक्रम समापन गरिसकेको छ। उक्त १ हप्ते कार्यक्रम अन्तरगत बन्दिपुरगाँउपालिका -१ नाहाला चिसापानी स्थित कुबेर आयल निगम सगै बिहिवार ट्राफिक प्रहरी कार्यालय गण्डकी प्रदेश गंगनगौडाका प्रहरी निरीक्षक मनोज कुमार शाहीको कमान्डमा खटिएको ट्राफिक टोलीले मोटरसाइकलमा सवार रहेका २सय१० दुई पाङ्ग्रे सवारी चालकहरुलाई सचेतना जगाउने उदेश्यले सडक प्रशिक्षण कार्यक्रम समापन गरेको छ। सडक प्रशिक्षणका क्रममा ट्राफिक प्रहरी निरीक्षक शाहीले मोटरसाइकल चालकहरूलाई आफुले मोटरसाइकल चलाउन अधि मोटरसाइकलको ब्रेकहरु ठिक छन कि छैन्न, अनिवार्य हेल्मेट (क्लिप्स) लगाउदा हेल्मेटको फिता राम्रो सग लगाए नलगाएको बारे सचेत हुन जरुरी रहेको बताए । उनले हेल्मेट नलगाई मोटरसाइकल चलाउन नहुने
मोटरसाइकलमा मेक्सिम्म २ जाना भन्दा बडी सवार नहुन र मोटरसाइकल चलाउने र चढनेले मादक पदार्थ सेवन नगर्न समेत अपिल गरे ।अधिकाशं दुर्घटना मादकपदार्थ सेवन बाट जनधनको क्षति हुने गरेको भन्दै यस प्रति सचेत रहन सर्व साधारणलाई गण्डकी प्रदेशका ट्राफिक प्रहरी निरीक्षक शाहीले अनुरोध समेत गरे।
यसैगरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख रेशमबहादुर राना भाटले उक्त मोटरसाइकल चालकहरूलाई सडक प्रशिक्षण दिने क्रममा बोल्दै अत्याधिक ओभर स्पिड,ओभरट्रयाकका कारण सडक दुर्घटना बडी भएको भन्दै ओभर कन्फिडेन्स हुदाँ मानवको अकालमा घटना स्थलमै ज्यान गएको प्रति सचेत गराए। तिब्रगतिमा सवारी साधन नचलाउन समेत आग्रह गरे ।बाटो घाटो यात्रा गर्दा मुख्य बाटोमा हिड्दा दाँयाँबाँयाँ हेरेर अत्याधिक सचेत भएर बाटो काट्न समेत अपिल गरे।
यस्तै कार्यक्रममा गण्डकी प्रदेशकि महिला प्रहरी सहायक निरीक्षक हिरा नेपालले सडक प्रशिक्षण कार्यक्रमका क्रममा बोल्दै विना लाईसन कहिलेपनि नचलाउन आग्रह गरिन,मोटरसाइकल कसैलाई दिन परे लाईसेन्स भएको चालकलाई मात्रै दिन र ओभरटेक गरेर चाँडै जान खोज्दा र माधक पदार्थ सेवन गरि चलाउदा अमुल्य जीवन गुमाएको बताईन्।
उक्त ट्राफिक सचेतना सम्बन्धि सडक प्रशिक्षण लिएपछि पत्रकारहरुले सोधेको यात्रु प्रतिक्रियाका क्रममा नेपाल विधृत प्राधिकरणका एक कर्मचारी रुद्रनिधि लोहनी भन्छन् ट्राफिक प्रहरी कार्यालय गण्डकी प्रदेशले एकहप्ते जनहितमा जारी सचेतना मुलक औंपचारिक सडक प्रशिक्षण गराउनु अत्यान्तै समय सान्दर्भिक र मोटरसाइकल सवारीसाधन चालकको सुरक्षाकालागि कार्यक्रम महत्त्वपूर्ण हुनुका साथै ट्राफिक नियमको पालना गर्न गराउन लाभदायक भएको बताए । उनले विशेषगरी युवाहरूले मोटरसाइकल चलाउदा मादक पदार्थ सेवन गरि चलाउनेगरेका र अकालमा मृत्यु हुन पुगेको बताए । उनले लाईसेन्स नभए मोटरसाइकल चालकले लाईसेन्स भएकाहरुलाई ठक्कर दिएर गम्भीर घाइते बनाउने र घाइतेको ज्यानै समेत जाने गरेको छ उनले भने लोहनी भन्छन् आधा हेल्मेट टाउको लगाउने अनि मोटरसाइकल रेसमा दौडाए जस्तो गरि ओभर स्पिड हाक्दा अकालमा ज्यान गुमाउन बाध्य भएका छन उनले भने। यस्तै मोटरसाइकल चालक ब्यास-१ भाँदगाँउ निवासी बर्ष २१ कि सुष्मा थापा भन्छिन्
जति सक्दो सडकमा हिड्ने पैदल यात्री र सवारीसाधन चालकहरूलाई सवारी दुर्घटना न्युनिकरण गराउन विभिन्न समयमा यस्ता खाले जनमुखी , सचेतना मुलककार्यक्रम गर्न गराउन अति आवश्यक र अनिवार्य रहेको बताउदै ट्राफिक प्रहरीको उच्चस्तरीय सराहनीय कार्यको प्रशंसा गरिन।
यसअधि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको पहलमा र गण्डकी प्रदेश अन्तरगत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्य र सहयोगमा आईतवार ब्यास नगरपालिका -३ स्थित ब्यासनगरपालिका कार्यालयको सभाकक्षमा ट्राफिक ब्यवस्थापन सुधार कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान
ट्राफिक प्रहरी कार्यालय गण्डकी प्रदेशका प्रमुख प्रभुप्रसाद ढकाल,ब्यासनगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने ,जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अरुण पौडेल, तनहुँ उधोगबाणिज्य सघका अध्यक्ष मानकाजी श्रेष्ठ लगाएतले ट्राफिक नियमको पालना नगर्दा अकालमा ज्यान गएको र सबै दुई पाङ्ग्रे सवारीसाधन चालक यात्रा गर्दा अतिनै सचेत हुनुपर्नैमा सोही कार्यक्रमका बक्ताहरुले जोड दिएका थिए।

Like