१ लाख५० हजार घुस लिएको आरोपमा सव- ईन्जिनियर अधिकारी रंगेहात पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको एक विशेष टोलीले बुधबार १ लाख ५० हजार नगद सहित सव- ईन्जिनियरलाई रंगेहात पक्राउ गरेको छ।
पकाउ पर्नेमा राष्ट्रिय पुननिर्माण प्राधिकरण आयोजना कार्यान्वयन एकाई शिक्षा शाखाका सब- इन्जिनियर सुरेन्द्र अधिकारी रहेका छन्।
भानुनगरपालिका -५ मैबल स्थित श्री सरस्वती सधन माध्यमिक विद्यालयमा रु १४लाख ६९ हजाररुपैयाँको लागतमा निर्माण गरिएको शौचालयको योजना अनुगमन पश्चात काम सम्पन्नको विवरण दिनकालागि
सव- ईन्जिनियर अधिकारीले घुस डेढ लाख मागेको भन्दै विद्यालय ब्यबस्थापन समितिले उजुरी दिए पछि पोखराबाट आएको अख्तियारको विषेश टोलीले उनलाई पक्राउ गरेको हो ।
ब्यासनगरपालिका-२ दमौली मालपोत लाईनबाट पुर्व पर्टी आन्तरिक राजश्वको कार्यलय अगाडि रहेको एक भिरकोट नामको होटलमा सेवाग्राहीसँग १ लाख५० हजार नगद रुपैयाँ घुस लिदै गरेको अवस्थामा सव- ईञ्जिनियर अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले रंङ्गेहात पक्राउ गरेको थियोे ।
यता सव ईन्जिनियर अधिकारी भन्छन् उक्त होटलमा म: म खाजा खान बोलाएर मलाई नगद रु १ लाख५० हजार रुपैयाँ अचानक कुनै सेवाग्राहीले मेरो पोल्टामा फालिदिए केको पैसा हो, यो मलाई किन दिएको म घुस खाने मान्छे होइन म लिदिन भनेर सो पैसा होटलबाट बाहिर बाटोमा फालिदिए मलाई सुनियोजित ढंगबाट कुनै राजनैतिक पार्टीले आग्रह पुर्वाग्रह राखेर फसाईएको हो , ईन्जिनियर अधिकारीले भने।
घटनाको थप अनुसन्धान भैरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कास्कीले जनाएको छ।