अपराध ७ थान मोबाइल हराएको ६ महिनापछि प्रहरीले मोबाइल धनीलाई बुझायो January 5, 2021January 5, 2021 Nisha Pandey Share to: – अन्जनराज न्यौपाने ,न्यौपाने ,गण्डकी प्रदेश तनहुँ मंगलबार २१ गते विभिन्न थरिका ७ थान मोबाइल हराएको ६ महिनापछि प्रहरीले सम्बन्धित मोबाइल धनीलाई नै बुझाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीका अनुसार, हराएका र चोरी भएका विभिन्न मोबाइल धनीहरुले हराएको र चोरी भएको भन्दै निवेदन दिएसगै जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न माध्यमबाट खोजी कार्यलाई तिब्रता दिने क्रममा उक्त मोबाइलहरु अनुसन्धानका क्रममा फेला पारि बुझाईएको प्रहरी निरीक्षक क्षेत्रीले बताए । कुनै चोरी भएका, कुनै हराएका विभिन्न थरिका मोबाइलहरुमासामसुङ ,भिभो,हवाई ,रियलमि,लाभा,मिइ,सोनी ईरिसन जस्ता विभिन्न जातका मोबाइलहरु रहेको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय तनहुँको जनमुखी र जनहितकारी अति सराहनीय कार्यमा तीब्रता दिने क्रममा बृर्दि भएको छ। दिन,रात,साँझ,विहान २४ धण्टा जनताको सेवामा अहोरात्र खटिएको तनहुँ प्रहरी, चौतर्फी प्रसंसाको कार्यालय बन्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले पटकपटक सार्वजनिक रुपमा जनहितमा सचेतना मुलक कार्यक्रमहरु गर्दै आएको छ। आम नागरिकले अनिवार्य रुपमा अति ध्यान पुर्याउनु पर्ने भन्दै राति सुत्दा झ्यालढोका राम्रो सग लगाउन,घरबाट बाहिर निस्कदा राम्रोसँग झ्याल ढोका लगाएको छ छैन विचार पुर्याउन,भिडाभाड,चाडपर्वमा अति बहुमुल्य गरगहना नलगाउन ,भिडभाडमा पकेटमारहरुको जोखिम हुने हुदा पकेटमार देखि सावधान रहन ,खोला,नाला भीर,पाखा,नदीनाला ताल,ईनार पोखरीमा एकलै दुक्लै नजान र जानै परे साथी लिएर जान समेत अपिल गरेको छ। यसपालि जिल्लामा चोरी , हत्या, लुट्पाट, बलात्कार ,आतंक र हिंसात्मक जघन्य अापराधिक कार्यहरुमा ह्रास हुँदै आएको छ।शान्ति सुरक्षा, अपराध र अपराधी नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय तनहुँ दिनानुदिन गण्डकी प्रदेशमै अब्बल बन्दै गएको छ। Like