सन्चार क्षेत्रका सर्वोत्कृष्ट रक्तदाता के बि सम्राटले गरे १०६ औं पटक र स्वयंसेवी शतक प्रेम सागर कर्माचार्यले गरे १६४ औ पटक रक्तदान

Share to:

रासंसा/ मार्ग १३, दोलखा ।

पशुपति अन्नपूर्णा आश्रमका केन्द्रीय अध्यक्ष एवं रास्ट्र संरक्षण साप्ताहिकका सम्पादक के बि सम्राटले १०६ औ पटक नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक प्रेमसागर कर्माचार्यले १६४ औँ पटक रक्तदान गरेका छन् ।

दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा शनिबार आयोजित कार्यक्रममा उहाहरुले १०६ औ पटक र १६४ औँ पटक रक्तदान गरेर किर्तिमान कायम गरेका हुन् । नेपाली काँग्रेसका नेता पुर्व मन्त्रि स्व. भिम बहादुर तमाङको आठौ स्मृति दिवसको अवसरमा नेपाल यातायात मजदुर संघको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखा जिल्ला शाखा नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको समन्वयमा रक्तदान कार्यक्रम आयोजना भएको थियो ।

भिमेश्वर नगरपालिका वडा नं. मा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी विशेस अतिथि द्वय प्रेम सागर कर्माचार्य र के. बि. सम्राट, अतिथिहरूमा नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखा सभापति गोकर्ण प्रसाद पोखरेल, नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखाका जिल्ला शाखा अध्यक्ष श्याम गौतम लगाय्तका महानुभावहरुको उपस्थिति थियो ।

यातायात मजदुर संघका अध्यक्ष कृष्ण खड्काको सभापतित्वमा आयोजित कार्यक्रममा रक्तदाताहरुलाई द्वय कर्माचार्य र के. बि. सम्राटले प्रमाणपत्र वितरण गरेका थिए कार्यक्रममा प्रमुख अतिथिको आसनबाट प्रमुख जिल्ला अधिकारी सिवाकोटीले जिल्लामा आवश्यक रगतको खाचो नहुन दिन विभिन्न संघ संस्थाहरुको सहभागितामा रक्तदान कार्यक्रम तय भएपश्चात अहिले रगतको खाचो नभएको बताउनुभयो ।

स्वयंसेवी शतक प्रेम सागर कर्माचार्यले रक्तदान कार्यक्रममा मंताब्यभंदा कार्यक्रमको उद्देश्यप्रति ध्यान दिन आवह्स्यक छ भन्दै स्वयंसेवी रक्तदाता समाजले जिल्लामा संघर्षशील गर्दै गरेका क्रियाकलापप्रति खुशी भ्यक्त गर्नुभयो । सो कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुले मन्तब्य सहित शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा सोम नाथ बयलकोटी सहित ३० जना रक्तदाताहरुले रक्तदान गरेका थिए । रक्तदाता उल्लेख्यमात्राम उपस्थित भएपनि ३० जना रक्तदतहरुको मात्र आवश्यक भएकाले ३० जना रक्तदाताहरु रगत लिएको कार्यक्रमका संयोजक रामजी सिवाकोटीले बताए ।

कार्यक्रममा पशुपति अन्नपुर्णा आश्रमका केन्द्रिय सदश्य एवं धार्मिक समितिकी संरक्षक माता भद्रकालीको उपस्थिति थियो ।

Like