ललितपुर स्वतन्त्र शाखाको रक्तदान कार्यक्रम सम्पन्न
रासंसा/ मार्ग १० ललितपुर,
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा स्वतन्त्र पत्रकार संघ नेपाल लाल्लितपुर शाखाको आयोजनामा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नो. ४ स्थित जावलाखेलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ललितपुर शाखा अध्यक्ष बद्रि बहादुर दुलालको सभापतित्वमा भएको कार्यक्रममा ललितपुर महानगरपालिका वडा न. ४ का वडाध्यक्ष नारायण केसीको प्रमुख अतिथिको आतिथ्यता थियो ।
सो कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष के. बि. सम्राट तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष एवं सर्वोत्कृष्ट रक्तदाता प्रेम सागर कर्माचार्यको विशेष अतिथिको आतिथ्य थियो । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, अतिथि तथा उपस्थित रक्तदाताहरुलाई खादा लगाएर आयोजक समितिले स्वागत गरेको थियो । कार्यक्रममा अतिथिको आतिथ्यता भक्तपुर शाखाका अध्यक्ष डा. इन्दुल केसी, ललितपुर उपाध्यक्ष जे बि खाति लगायत पदाधिकारीहरुको उल्लेख्य मात्रामा उपस्थिति थियो । कार्यक्रममा ललितपुर शाखा उपाध्यक्ष जे. बि खातीले कोरोना भाइरसको महामारीमा पनि हामीले रक्तदान कार्यक्रम छोटो समयमा आयोजना गर्न पाउदा शाखा सचिव उपेश नौबागलाई हार्दिक धन्यवाद दिनुभयो ।
सर्वोत्कृष्ट रक्तदाता प्रेम सागर कर्माचार्यलाई प्रसंसा पत्र हस्तान्तरण गर्दै के. बि. सम्राट
भक्तपुर शाखा अध्यक्ष डा. इन्दुल केसीले पत्रकार भनेका स्वतन्त्र हुनु अति आवश्यक छ र यस्ता कार्यहरु स्वतन्त्र रुपमा गर्न नै स्वच्छ र सुसुचित हुने बताउदै आगामी मार्ग १३ गतेदेखि आधारभूत पत्रकारिता तालिम भक्तपुर शाखाले गर्ने भनि जानकारी दिनुभयो ।
विशेष अतिथिको आसनबाट वरिष्ठ उपाध्यक्ष एवं पशुपति अन्नपुर्णा आश्रमका अध्यक्ष के. बि. सम्राटले स्वतन्त्र पत्रकार संघ नेपालको परिचय दिदै स्वतन्त्र पत्रकार संघ नेपालले प्राय सबै जिल्लामा यस्ता कार्यक्रम लगायत तालिमको कार्यक्रम गर्दै आएको बताउदै ललितपुर जिल्ला शाखाले यस्तो कोभिड १९ कोरोना भाइरसको उत्पिडनमा विश्व पिडामा भएको र नेपाल पनि अछुतो नरहेको समयमा रक्तदान कार्यक्रमको आयोजना गरि नेपाल रक्तसंचार केन्द्रलाई सहयोग पुर्याएकोमा धन्यवाद दिनुभयो ।
सर्वोत्कृष्ट रक्तदाता प्रेम सागर कर्माचार्यले १८ वर्षको जन्मोत्सव पहिलो रक्तादानसङ्गै मनाउन आग्रह गर्दै प्रत्येक तिन तिन महिनामा रक्तदान गर्न अनुरोध गर्नुभयो । कर्यक्रममा प्रमुख अतिथिको आसनबाट वडाध्यक्ष नारायण केसीले यस्तो कोरोना भाइरसको महामारीमा पनि संचार क्षेत्रमा लागेका संचारकर्मीले आयोजना गरेकोमा खुशी ब्यक्त गर्दै कोभिड १९ कोरोन भाइरसको मापदण्ड अपनाएर कार्यक्रम सम्पन्न गर्न अनुरोध गर्नुभयो । कार्यक्रमका सभापति एवं ललितपुर जिल्ला अध्यक्ष बद्रि बहादुर दुलालले यस्तो महामारीमा पनि जिल्ला शाखा ललितपुरले रक्तदान कार्यक्रम सम्पन्न गर्न पाउदा खुशी लागेको महशुश गर्दै यस्ता कार्यहरु निकट भविष्यमा गर्दै जाने बताउदै उपस्थित सबै रक्तदाता तथा अन्य सज्जनबृन्द एवं रक्तसंचार केन्द्रबाट खटिएका स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष के बि सम्राटले सर्वोत्कृष्ट रक्तदाता प्रेम सागर कर्माचार्यलाई प्रसंसा प्रत्र हस्तान्तरण गर्नुभएको थियो । ललितपुर जिल्ला सचिव उपेश नौबागले अति नै सभ्य र भब्य रुपममा संचालन गर्नुभएको थियो । उक्त कार्यक्रममा रक्तदाता तथा सहयोगीहरुलाई प्रसंसा पत्र पनि वितरण गरिएको थियो । रक्तदान कार्यक्रममा एक जना महिलासहित १० जना रक्तादताले रक्तदान गरेका थिए ।