जिल्लाका विभिन्न स्थानहरुवाट धमाधम जुवाडेहरु प्रहरीको फन्दामा………………

Share to:

२ लाखवडी रुपैयाँ सहित १९ जुवाडे तनहुँ प्रहरीको नियन्त्रणमा

अन्जनराज न्यौपाने गण्डकी प्रदेश ,तनहुँ 

जिल्ला प्रहरी कार्यालय तनहुँले जुवा खेल्दै गरेको अवस्थामा खालैवाट जुवाडेहरुलाई पक्राउ गरेको छ। पक्राउपर्नेहरुमा बिकास राना, एकराज शाही, केसर बहादुर खाण, रेशम सुनार, यम बहादुर मल्ल,रमेश उचै ठकुरी खम बहादुर खान, देवन गुरुङ, गोपाल चन्द, बुद्ध सिंह थापा, मनोज खाण ठकुरी, केशर बहादुर शाही, सिद्ध बहादुर बंशी र नर बहादुर आले रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिना द्वारा जारि विज्ञप्तिमा उलेख गरिएको छ।
शनिबार बेलुकाको समयपारितास खेली रहेको गोप्य सुचनाको आधारमा ब्यासनगरपालिका वडा नं १ हाईस्कुलटार स्थित रेशम उचैको रेष्टुरेण्टबाट जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँ दमौलीकि प्रहरी निरीक्षक सबिता केसीको कमाण्डमा ७ जनाको विशेष टोलीले नगद रु ७४ हजार ४४५ बरामद गरेको थियोे ।
यसैगरी , जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं ५ ब्राईटचोक स्थित दिनेश कुमार श्रेष्ठले संचालन गर्दै आईरहेको सिम्रन खाजा घरबाट ५जना जुवाडेहरुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। जुवाको खालबाट
पक्राउ पर्नेहरुमा याम बहादुर गरुङ, दिपक गुरुङ, बुद्दी बहादुर बिक, ढक बहादुर खान, दिनेश कुमार श्रेष्ठ रहेका छन्।
ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदिश रेग्मीको कमाण्डमा ५ जनाको विशेष खटी गएको टोलीले अबैध रुपमा तास खेलिरहेको उनीहरुलाई नियन्त्रणमा लिइएको थियोे भने जुवाडेहरुको साथबाट १ लाख ३४ हजार ३सय२० रुपैयाँसहित जुवा तास समेत बरामद गरी उनिहरुलाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराई म्याद थप अनुमति लिई छुट्टा छुट्टै जुवा मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको छ।
२ लाख८ हजार७ सय ६५ रुपैयाँ जुवा ताससहित ब्यास१ हाईस्कुलटारबाट१४ जुवाडे र शुक्लागण्डकी नगरपालिकाबाट-५ जना खालमै पक्राउ परेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

Like