जिल्ला खेलकुदविकास समितिका सम्पुर्ण गतिविधि शून्य

Share to:


अन्जनराज न्यौपाने ,तनहुँ  मार्ग ४ गते
 जिल्ला खेलकुद विकास समितिको विभिन्न  खेलकुदका  कुनै पनि गतिविधि   शून्य भएका छन्।  कोभिड-१९ का कारण गतिविधि ठप्प भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख शिवहरि पण्डितले वताए । खेलकुद विकास ऐेन २०४८ अनुसार खेलकुद परीषद् संचालन रहेको अवस्थामा देशमा गणतन्त्र स्थापना भए पछि सोही ऐन परिमार्जन गर्दै खेलगतिविधि संचालन हुँदै आएको अवस्थामा खेलकुद विकास सम्वधि कानुनलाई सम्सोधन र एकीकरण गर्न खेलकुदको माध बाट स्वस्थ्य ,सक्षम ,मर्यादित रअनुशासित खेलाडी र सृर्जनशील नागरिक तयार गर्न खेलकुदको माध्यम बाट राष्ट्रको एकताको प्रबर्द्धन तथा देशको प्रतिष्ठा अभिवृद्धि गर्न,खेलकुदको विकास र जन स्तरमा विस्तार गर्नका लागि खेलकुद विकास ऐन खारेज भै संगीय संस्दवाट मिति२०७७ असार११ गते देशमा राष्ट्रिय खेलकुद विकास ऐन लागू हुदा यश अधिका खेलकुद गतिविधि निष्क्रिय भएको प्रमुख पण्डितले बताए ।
सोही ऐन अनुरुप राष्ट्रिय खेलकुद परिषद् को समिति गठन गरिएको छ। यस्तै जिल्ला खेलकुद विकास समिति गठन गर्ने अधिकार प्रदेश सरकारलाई दिईएको छ। प्रदेश सरकार समिति गठन प्रक्रिया अधि वडेको छ उनले भने। अहिलेको ऐन अनुसार जिल्ला खेलकु विकास समिति खारेज गरिएको छ। प्रदेश सरकारले प्रदेश खेलकुद परिषद गठन गरिसकेपछि जिल्ला खेलकुद विकास समिति गठन प्रक्रियामा रहने छ   प्रमुख पण्डितले जानकारी दिदै जिल्ला गठनपश्चात् जिल्लाले पुणता पाउने छ उनले भने।
गण्डकी प्रदेशमा आयोजना हुने ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको बास्केटबल प्रतियोगितालाई मध्ये नजर गरि ब्यास नगरपालिका-१ स्थित  निर्मल माध्यमिक विधालय विज्ञान चौर भादगाउँमा २ वटा राष्ट्रिय स्तरको वास्केटवल कोड तयार भै सकेको छ। कुल४० लाखको लागतमा उक्त कोड तयार पारिएको उनले बताए । यस्तै गत आ.व.मा भानुनगरपालिका-३ चामवासको हिमालय माध्यमिक विधालयमा  रु ८ लाखको लागतमा खेलमैदान निर्माण गरिएको छ। यसैगरी म्याग्दे गाउँ पालिका-५ छाङ पाटनमा रु ८ लाखको लागतमा खेल मैदानको स्तर उन्नति गरिएको  छ।
खेलकुद विकास ऐन खारेज भए सगै नयाँ ऐन अनुसार जिल्ला खेलकुद विकास समिति गठन नहुदा सम्म सो समिति अन्तरगत रहेका कर्मचारी राष्ट्रिय खेलकुद विकास समिति मै रहने ब्यबस्था रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख शिवहरि पण्डितले  वताए । 

Like