पशुपति अन्नपूर्णाआश्रमका केन्द्रीय अध्यक्ष के बि सम्राटद्वारा ४७२ केजिको अष्टधातु घण्टा हस्तान्तरण
कार्तिक ३,
काठमाण्डौ, पशुपती अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष के बि सम्राटले ४७२ केजिको अष्टधातु घण्टा जल विनायक गणेश मन्दिर चोभारमा एक भव्य कार्यक्रम बिच किर्तिपुर नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष न्हुच्छे बहादुर महर्जन तथा पुजारिलाई हस्तान्तरण गर्नुभयो । सो ४७२ केजि अष्टधातु निर्मित घण्टा पशुपति अन्नपूर्णा आश्रमका प्रमुख संरक्षक तथा जलविनायक संरक्षण समितिका प्रमुख संरक्षक रहनु भएका राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश वैद्यले उपलब्ध गराउनु भएको थियो । कार्यक्रममा आश्रमका संरक्षक प्रा.डा. लवप्रसाद त्रिपाठी, केन्द्रीय सदस्य माता भद्रकालीलगायत सदस्यहरु रामकृष्ण श्रेष्ठ, श्याम कुमार भट्टराई तथा अन्य सबै सदस्यहरुको उपस्थिति थियो । कार्यक्रममा प्रमुख अतिथी त्रिभुवन विश्व विद्यालयका पुर्व भिसी एवं पशुपती अन्नपुर्णा आश्रमका संरक्षक प्रा.डा. तिर्थराज खनियाज्युको आतिथ्यमा सम्पन्न भएको थियो । प्रमुख अतिथिको आसनबाट संरक्षक खनियाले पशुपती अन्नपुर्णा आश्रममार्फत राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश वैद्यले गरेको यो कार्य अति नै सर्हाहनिय छ । उहाँले यहाँमात्र होइन त्रिभुवन विश्व विद्यालय अन्तर्गतका विश्व विद्यालयमासमेत सरस्वतीको मन्दिर निर्माण गरि सरस्वती माताको मुर्तिसहित अष्टधातुबाट निर्मित घण्टा उपलब्ध गराउनुभएको चर्चा गर्दै यसरी दिएको सामग्रीहरुको संरक्षण तथा सम्वर्द्दन गर्ने जिम्मेवारी हामी सबैको दायित्व हो भन्नुभयो । आश्रमका संरक्षक प्रा. डा. लवप्रसाद त्रिपाठीले राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्यलाई २०३५ सालदेखी नै चिनेको र उहाँको यस्ता कार्यहरु गर्दै आउनुभएकोमा समाजको विकास गर्न उहाँको कार्यले अरुलाई थप जागरण थप्ने बराउदै वैद्यप्रती प्रसंशा गर्नुभयो । कार्यक्रममा सभापती किर्तिपुर नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष न्हुच्छे बहादुर महर्जनले किर्तिपुर नगरपालिकाका वडाहरुमध्येको यो वडाको जलविनायक गणेश मन्दिरमा पशुपती अन्नपुर्णामार्फत ४७२ केजिको अष्टधातुबाट निर्मित घण्टा हस्तान्तरण भएकोमा म मात्र होइन सम्पुर्ण नगरपालिकावासी हार्दिक कृतज्ञतासहित धन्यवाद दिन चाहन्छौं । राष्ट्रिय समाजसेवी प्रा.डा. जगदिश वैद्यले गरेका समाजसेवाबाट हामिलाई पनि प्रेरणा थपेको छ । हामी जनप्रतिनिधिहरुलाई झन यस्ले उत्साही बनाएको बताउदै यस वडामा मात्रै टौदहस्थित कर्कटेश्वर महादेवको मुर्ती तथा घण्टा पहिले नै हस्तान्तरण भैसकेको र मन्दिर बनाउनको लागि निकट भविस्यमा वडा लागिपरेको बताउनुभयो । यतिमात्र होइन कि उहाले गरेका समाजमा सामाजिक सेवाका कार्यदेखी हामी सबैले पाठ सिक्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडाका भद्र भलाद्मिलगायत स्थानियवासिहरुको उल्लेख्य मात्रामा उपस्थिति थियो । कार्यक्रममा पशुपती अन्नपुर्णा आश्रमका केन्द्रिय अध्यक्ष के बि सम्राटले जलविनायक गणेश मन्दिरमा ४७२ केजिको अष्टधातु निर्मित घण्टा हस्तान्तरण गर्न पाउँदा खुशि व्यक्त गर्नुभयो । कार्यक्रम सेभ नेशन अनलाइन टिभीले प्रत्यक्ष प्रसारण गरेको थियो ।