राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्द्यलाई फसाउने राज्यलक्ष्मी शाक्य
काठमाण्डौ, आषाढ २२/ पशुपति अन्नपुर्णा आश्रमका प्रमुख संरक्षक रास्ट्रीय समाजसेवी प्रा. डा. जगदीश वैद्यलाई फसाउने राज्यलक्ष्मी महर्जन शाक्य हो भनेर आश्रमका सदस्यहरुले बताएका छन् । राज्यलक्ष्मी शाक्यले गत वर्षका दिनहरुमा सिन्धुली जिल्लाको दुम्जास्थित कुशेश्वोर महादेव मन्दिरमा संचालन भएको आदिलिंग कुशेश्वोर वैदिक गुरुकुलमलाइ अक्षय कोषका लागि पशुपति अन्नपुर्णा आश्रमले रु. १,०५,०००/- बोल कबोल गरेबमोजिम तत्कालिन समयमा सो रुपया उठाउने जिम्मेवारी निज शाक्यलाई संयोजक तोकिएकोमा सो रकम आश्रमको विल तथा लेटर प्याड प्रयोग गरि आश्रमका पदाधिकारी तथा सर्वसाधारणबाट रकम उठाई दुइ वर्षसम्म पनि गुरुकुल विद्द्यालयमा नबुझाएपछी विद्यालयले आश्रमलाई पत्राचार गरेपश्चात राज्यलक्ष्मी शाक्यलाई आश्रमले पटक पटक ताकेता गर्दापनि नबुझाएपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गमा आश्रमले निवेदन दिन वाद्य भएको बताउदै त्यसैको रिस पोख्दै राज्यलक्ष्मीले विभिन्न गालीगलौज गरेको समेत आश्रमका एक कर्मचारीसमेतले बताए । यतिमात्र होइन कि केहि गर्दा नि केहि लागेन भने नक्कली डाक्टर तथा रास्ट्रीय समाजसेवी जगदीश वैद्यलाई जवर्जस्ती करनी केशमा समेत फसाउने भनेर दागा धरेको पनि आश्रमका सदस्य तथा पदाधिकारीहरुले बताए । लामो समय आश्रमका पदाधिकारी तथा सदस्यहरुसंग विवाद निस्किएपछी सो रकम नबुझाउनका खातिर विभिन्न निकायमा मुद्दा दायर गरि कर्मचारी तथा आफैलाई जवर्जस्ती करनी उद्योग गरेको भनि सम्बन्धित निकायमा मुद्दा दिएपछि वैद्यलाई मुद्दा अनुसार गत आषाढ २१ गते आश्रमबाटै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि प्रहरी महिला सेल कालिमाटीमा राखिएको छ । जवरजस्ती करनी उद्द्योगमा पक्राउ परेका जगदीश वैद्यको पर्दाफास आजीवन कारावासको माग सहित भोलि आषाढ २३ गते ३ बजे पत्रकार सम्मेलन नेपाल आदिवासी जनजाती पत्रकार महासंघ अनामनगरमा गर्ने भनि पत्राचार निज शाक्यले विभिन्न फेस बुक संजालमा गरेकी छिन भनि आश्रमका एक सदस्यले बताए । अभियोग लगाइएका जगदीश वैद्य सामाजिक सेवा गर्दै आएका हुन् । उनले राज्यले पनि गर्न नसकेको सामाजिक सेवा गरेको देखि राज्यले राष्ट्रिय समाजसेवि पदबाट विभूषित भएको सबै समाजका अग्रजहरुलाई समेत थाहा भएको सदस्यहरुले बताए । यतिमात्र नभई विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसले मुलुकमा लक् डाउन भएपश्चात उपत्यका लगायत विभिन्न जिल्ला तथा गाउपलिका समेतमा खाद्द्यान्नको व्यवस्था मिलाई खाना खुवाइएको र उपत्यकामा भएका विशाम्परिस्थितिमा परेका संचारकर्मीहरुलाई समेत खाद्द्यान्न तथा औषधिको व्यवस्था गरेको पनि आश्रमका पदाधिकारीहरुले बताए । निज राज्यलक्ष्मी महर्जन शाक्यले गुरुकुलको सो रकम नबुझाएको भनि महानगरीय प्रहरि वृत्त दरबारमार्गमा निवेदन दिएपछि तत्कालै तत्कालिन आश्रमका अध्यक्ष रास्ट्रीय समाजसेवी प्रा. डा. जगदीश वैद्यलाई गालि गलौज गर्दै वैद्यलाई फसाउन्छु भन्दै आश्रम कार्यालयमै आइ धम्कि दिएर गएको पनि एक सदस्यले बताए । रु. ९४ हजार मात्र गुरुकुलको कृषि विकास बैंकको खाता नम्बर ०२१०५०१४९०९२३०१४ मा जम्मा गरेको आदिलिंग कुशेस्वर वैदिक गुरुकुलमका संचालक डा. विद्यानाथ कोइरालाले बताउनुभयो ।