केबी सम्राट पशुपति अन्नपूर्णा आश्रमकाे नेपाल राष्ट्रिय समिति अध्यक्षमा मनाेनित

Share to:

राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक एवं प्रकाशक के.बि. सम्राट पशुपति अन्नपूर्णा आश्रम नामक संस्थाकाे नेपाल राष्ट्रिय समिति अध्यक्षममा मनाेनित हुनुभएकाे छ ।

संस्थाकाे मिति २०७७ जेठ २६ गतेको निर्णय बमोजिम निज पाण्डेलाइ पशुपति अन्नपूर्णा आश्रमको केन्द्रीय सहसचिवबाट राष्ट्रिय समितिको अध्यक्ष पदमा मनोनित गरिएको हाे ।

पत्रकारिता क्षेत्रमा निरन्तर रुपमा संलग्न रहँदै आउनुभएका सम्राट विभिन्न सामाजिक कार्यहरुमा निरन्तर रुपमा संलग्न रहँदै आउनुभएका व्यक्ति हुनुहुन्छ ।

लकडाउन अवधिमा विभिन्न ११ जिल्लामा आफ्नै खर्चमा समेत मास्क सेनिटाइजर  साबुन चामल लगायतका विभिन्न सामानहरु असहायहरुलाइ  वितरण गर्ने कार्यमा उहाँकाे उल्लेखनीय सहभागिता रह्याे ।

वहुआयामिक व्यक्तित्वकाे रुपमा पहिचान बनाउनुभएका केबी सम्राटका आगामी दिनहरु थप उर्जाशिल हुन सकुन् भन्नेमा हाम्राे सम्पूर्ण अनलाइन टीम परिवार हार्दिक बधाइ प्रकट गर्दछाै‌ं  ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *