अक्षय कोष स्थापनाको लागि पशुपति अन्नपूर्णा आश्रमको १ लाख ५ हजार सहयोग
पशुपति अन्नपूर्णा आश्रमबाट सिन्धुलीको आदिलिङ्ग कुशेश्वर गुरुकुलम् विद्यालयलाई अक्षय कोष स्थापनाको लागि १ लाख ५ हजार रकम उपलब्ध गराउने प्रतिबद्धता अलि पहिले नै भएको थियो ।

तर आश्रम भित्र सृजना भएको प्राविधिक समस्याको कारण प्रतिवद्धता जनाइए बमोजिम रकम संकलन भएर पनि उक्त रकम हस्तान्तरण गर्न सकिएको थिएन ।
आश्रमकी सदस्य राज्यलक्ष्मी महर्जन (शाक्य)ले आफूसँग रहेको उक्त रकम विद्यालयलाई उपलब्ध गराउन आलटाल गर्दा सृजना भएको उक्त समस्या संस्थाकी सदस्य शाक्यले आज विद्यालयको कृषि विकास बैंकको खाता नम्बर ०२१०५०१४९०९२३०१४ मा सङ्कलन गरिदिएसँगै समाधान भएको छ ।
विद्यालयको बैंक खातामा निज शाक्यले १ लाख ५ हजार रकम मध्येको ९४ हजार रकम दाखिला गरेकी छिन् ।
आश्रमले निज विद्यालयलाई प्रदान गर्न धौधौ परेको उक्त रकम उपलब्ध गराएबापत निज शाक्य प्रति आश्रम परिवारले हार्दिक कृतज्ञता प्रकट गरेकोे संस्थाका प्रवक्ता केबी सम्राटले बताउनुभयो ।