२ नम्बर प्रदेशलाई पशुपति अन्नपूर्णा आश्रमको सहयोग

Share to:

पशुपति अन्नपूर्णा आश्रमका प्रवक्ता तथा राष्ट्रिय स्वतन्त्र पत्रकार संघका वरिष्ठ उपाध्यक्ष केपी सम्राटले आश्रम मार्फत उपलब्ध गराईएका ३१ बाकस हात धुने साबुन आज २ नम्बर प्रदेशका प्रमुख प्रा.डा. दीपक शाक्यज्युको सिफारिसमा विशिष्ट व्यक्तिहरुलाई हस्तान्तरण गर्नुभएको छ ।

उक्त हात धुने साबुन २ नम्बर प्रदेशका सबै जिल्लाहरुलाई वितरण गरिने समेत केबी सम्राटले बताउनुभएको छ ।

कोरोनाबाट बच्नको लागि स्वास्थ्यमा सचेत हुनुपर्ने कुरामा जोड दिँदै यस भन्दा अघी पनि प्रदेश नम्बर २ लाई स्वास्थ्य सामाग्रीहरु पठाइएको थियो ।

यसको साथसाथै यस भन्दा अघी स्वास्थ्य सामाग्रीको लागि आश्रमका तर्फबाट रु. ५० हजार समेत हस्तान्तरण गरिएको थियो भने जिन्सी अन्तरगत १५ सय मास्क र सेनिटाइजर समेत उपलब्ध गराइएको थियो ।

कठिन परिस्थितिमा स्वास्थ्य सँग सम्बन्धित यी विभिन्न सामानहरु आफूहरुलाई उपलब्ध गराइ सहयोग पुर्याएकोमा २ नम्बर प्रदेश प्रमुख प्रा.डा. दीपक शाक्यले केन्द्रीय पदाधिकारीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *