ठगि धन्दामा बुक्स एण्ड स्टेशनरी पसल
काठमाण्डौ/फाल्गुण ३०/ राजधानिस्थित कलङ्कीमा पि पि बुक्स एण्ड ट्रेडर्सले १0 रुपैयाँ को हुलाक टिकट १५ रुपैयाँमा बेचेको तथ्य टिकट किन्ने ब्यक्तिले सत्य साबित गरेका छन । हुलाक टिकटमा ५० प्रतिशत नाफा किन भन्ने सवाल सुनधारामा गोश्वारा भएको बेला १२ रुपैयाँमा बेच्ने गरेको तर अहिले डिल्लिबजार सरेको हुनाले १५ रुपैयाँमा बेच्ने गरेको सन्चालकले भनेको कुरा टिकट उपभोक्ताले बताए । किन १० रुपैयाँ पर्ने सरकारी टिकट १५ रुपैयाँ भन्दा उल्टो तपाईं नलैजानुस हामी त १५ रुपैयाँमा बेच्ने गरेको भन्दै नाना भाती गाली गलौज गरेको समेत बताए । यसरि खुलेआम उपभोक्ता ठगी सेवा प्रदान गर्नेलाई कार्वाही गर्ने निकाय चुप लागेर बस्ने हो कि । कि हुलाक गोस्वाराले शाखा कार्यालय राखेर कमिशन पो दिएको हो कि ? यसको चाडो भन्दा चांडो छानबिन गरि कारवाही गर्ने पो हो कि ?