सहकारी मार्फत जडिबुटी खेति विस्तार को नारा सहित सिन्धुपाल्चोकको चौतारा संगचोक्गढ़ी नगरपालिका वडा नम्बर १४ स्थित डढुवामा नेत्र ज्योति कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा तिम्बुर खेति शुभारम्भ २०७६ साल आषाढ २१ गते भएको छ l शुभारम्भ कार्यक्रमको सभापतित्व वडाध्यक्ष शेर बहादुर श्रेष्ठले गर्नुभएको थियो भने सो कार्यक्रमको प्रमुख अतिथि प्रदेश सरकारका उद्द्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि अरुण नेपाल हुनुहुन्थ्यो l कार्यक्रममा मन्त्रि नेपाललाई नौमती बाजासहित फूलका मालाले स्वागत गरिएको थियो l पन्चे बाजा गाजाकासाथ प्रमुख अतिथि मन्त्रि नेपाललाई तिम्बुर वृक्षारोपण स्थल लगिएको थियो l कार्यक्रमको समुद्घाटन पछि नेत्र ज्योति सहकारी संस्था लिमिटेडका अध्यक्ष नेत्र बहादुर बस्नेतले संस्थाले बिगतमा गरेका सफल कार्यका साथै यस कार्यक्रमबारे प्रकाश पारेका थिए l कार्यक्रममा कलाकारहरुले हरियो बन सम्बन्धि जादु प्रदर्शन गरेका थिए भने वडा नगरपालिका, जिल्ला बन कार्यालय लगायत संघ संस्थाहरु एवं सहकारीका शेयर सदस्य किसानहरुको उपस्थिति थियो l सहकारी संस्था मार्फत तिम्बुर खेति शुभारम्भ गरेको खुशी ब्यक्त विशेष अतिथि सेभ द नेशन मिडिया तथा रिटायर्ड क्लब नेपलका अध्यक्ष एवं राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक र savethenation.com.np का अध्यक्ष के बि सम्राटले आफु पनि कृषि क्रान्तिको अभियन्ता भएको र यस्तै कार्यको शुभारम्भ गर्दै कार्यन्वयन गर्ने हो भने नेपाल सरकारले सम्रिद्द नेपाल सुखी नेपाली बन्न कुनै समय नलाग्ने बताउदै शुभकामना ब्यक्त गर्नुभयो l यस्तै विभिन्न वक्ताहरुले खुशी ब्यक्त गर्दै शुभकामना दिएका थिए l कार्यक्रममा प्रमुख अतिथि मन्त्रि नेपालले सरकारले यस्तै कार्य गर्दै सफल किसानहरुलाई अनुदान दिनुका साथै विभिन्न सुविधाहरु प्रदान गर्ने बताउदै यसमा सबै तहतप्काका व्यक्ति व्यक्तित्वहरु लाग्नुपर्ने बताउनुभयो l यस कार्यक्रम शुभारम्भ मात्र होइन निरन्तरता दिदै सबै प्रदेशमा थालनी गर्न पनि आग्रह गर्नुभयो l कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि प्रदेश सरकारका उद्द्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि अरुण नेपालले तिम्बुरको विरुवा रोपेर कार्यक्रम समापन भएको थियो l तिम्बुर वृक्षारोपण savethenation.com.np का अध्यक्ष के बि सम्राट लगायत पत्रकार हिमाल ओली, नवराज अधिकारी एवं अन्य व्यक्ति व्यक्तित्वहरुले तिम्बुर वृक्षारोपण गरेका थिए l