मितेरी पार्टी नेपालको तेस्रो महाधिवेशन सम्पन्न
रासंसा/काठमाण्डौ, माघ २९,
मुलुकमा मितेरी पार्टी नेपालाको तेस्रो महाधिवेशन २०७८ सम्पन्न भएको छ । पार्टीका अध्यक्ष घनेन्द्र बहादुर बस्नेतको सभापतित्वमा भएको महाधिवेशनमा नेपाल नागरिक अभियानका संयोजक एवं पार्टीका राजनीतिक केन्द्रीय सल्लाहकार भूतपूर्व नायब प्रहरी महानिरीक्षक डा. ठाकुर मोहन श्रेष्ठ, एन आइ डी नेपालका अध्यक्ष कोशोरी महत्तो, पूर्व सांसद एवं राप्रपा केन्द्रीय नेता ऋषिबाबू परियारको विशेष अतिथिको आतिथ्यता थियो ।
अतिथिहरुमा धार्मिक व्यक्तित्व एवं पशुपति अन्नपुर्णा आश्रमकी केन्द्रीय सदस्य एवं धार्मिक समितिकी संरक्षक माता भद्रकाली, अधिवक्ता भुवन थापा, बुद्दिस्ट धर्मगुरु छिरिंग लामा, वरिष्ठ पत्रकार लेखक एवं राष्ट्र भक्त प्रेम कैदी, राष्ट्रिय सरोकार मंचका अध्यक्ष सोम बिक्रम सिंह, रास्ट्र बाणी साप्ताहिकका सम्पादक एवं वरिष्ठ पत्रकार ताराचन्द्र देवकोटाको आतिथ्यता थियो ।
आयोजक पार्टीका तर्फबाट सह अध्यक्ष, सुधा राणा, वरिष्ठ उपाध्यक्ष वेदराज आचार्य, उपाध्यक्ष त्रय विष्णु सेन ठकुरी, कल्पना भण्डारी, राम कुमार खाती, महामन्त्री द्वय विष्णु रिमाल, विष्णु पौडेल, सहमहामंत्री द्वय गणेश भण्डारी, वेचन लामा, विदेश बिभाग प्रमुख चन्दन गिरि लगायतका केन्द्रीय पदाधिकारीहरुको समूउपस्थिति थियो । महाधिवेशन विभिन्न दलका प्रतिनिधि एवं संघ संस्थाका प्रतिनित्धि, पत्रकार एवं आमन्त्रित विशिस्ट व्यक्तित्वहरुको उपास्थिति थियो ।

कार्यक्रमका सभापति एवं पार्टी अध्यक्ष घनेन्द्र बहादुर बस्नेत तथा विशेष अतिथि एवं अतिथिगणहरुले पानसमा दिप प्रज्वलन गरेर पहिलो सेसनको कार्यक्रम समुद्घाटन गरिएको थियो । कार्यक्रममा विशेष अतिथि, अतिथिगण एवं उपस्थित सबै तहपदीय व्यक्तित्वहरुलाई स्वागत मन्तब्यद्वारा वरिष्ठ उपाध्यक्ष वेदराज आचार्यले स्वागत गर्दै अरु पार्टीको दाँजोमा पुग्न नसकेपनि जनताका मन जित्न सक्ने पार्टीको अवधारणा पुरा गर्ने बताउनुभयो ।

विशेष अतिथिको आसनबाट एन डी ए नेपालका अध्यक्ष एवं राष्ट्रवादी नेता किशोरी महत्तोले बिगतका कुराहरुलाई संस्मरण गर्दै अबपनि यस्तै रहिरहने हो र चुप लागेर हामि बस्ने हो भने भोलिका दिनहरुमा हामि नेपालि भन्न हिच्किचाउनु पर्नेक्षण नआउला भन्न सकिन्न भन्दै अब हामि एक जुट भएर ति देशद्रोहिहरुलाई परास्त गर्ने दिन आइसकेको बतानुहुदै पार्टीको तेस्रो राष्ट्रिय महाधिवेशनसफलताको शुभकामना दिनुभयो ।
राष्ट्रिय सरोकार मंचका अध्यक्ष सोम विक्रम सिंहले हामि बुझ्दै नबुझी नजिकिएको निर्वाचनमा होमिदै छौ भन्दै राजा बिनाको निर्वाचनमा हामि किन सहभागी हुने र यदि निर्वाचनमा सहभागी हुने हो भने राजाको र हिन्दु रास्ट्रको नाम किन लिने बताउनुहुँदै शुभकामना दिनुभएको थियो । पार्टीका महामन्त्री विष्णु पौडेलले पार्टीको अवधारणासाथ आफ्नो मन्तब्य राख्नुभएको थियो । बुद्दिस्ट धर्मगुरु छिरिंग लामाले महाधिवेशनको सफलताको शुभकामना दिनुभएको थियो । वरिष्ठ पत्रकार, लेखक एवं राष्ट्र भक्त प्रेम कैदीले मुलुकमा गणतन्त्रवादीहरुले हामीलाई लखेट्न षड्यन्त्र रचेको र हामीलाई लखेट्दा आफु पनि लखेटिने नसोच्ने र नदेख्ने अन्धाहरुलाई अब हामि सबै एकेबद्दता भएर हाम्रो जित गराउनु पर्ने दिन नजिकिएको धारणा राख्दै शुभकामना दिनुभयो । राष्ट्रवादी अभियन्ता अधिवक्ता भुवन थापाले नेपालि जनतालाई जालोभित्र राखेर आफ्नो मनोखुशी गर्नेहरुलाई अब यसै नछोड्ने र हामि सबै नेपालि एक भै यिनीहरुलाई परास्तको दिन आएको बताउदै महाधिवेशनको सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

वरिष्ठ पत्रकार एवं राष्ट्रबाणी साप्ताहिकका सम्पादक ताराचन्द्र देवकोटाले पत्रकारहरुको आचार संहितालाई ख्याल गर्दै राजाबिनाको शासन मुलुकमा नाफप्दो रहेछ र यहि भएर हो कि मुलुकमा शान्ति नै कायम नभएको बताउदै शुभकामना दिनुभयो । विशेष अतिथिको आसनबाट राप्रपाका केन्द्रीय नेता पुर्व सांसद ऋषि बाबु परियारले पृथ्बी नारायण शाहलाई सम्झदै उहाका दिव्योपदेश कसैले पनि संस्मरण नगरेको गुनासो पोख्नुभयो भने अब यस पार्टीले यो कार्यलाई निरन्तरता दिने छ भन्दै महाधिवेशन सफलताको शुभकामना दिनुभयो । नेपाल नागरिक अभियानका संयोजक भुतपूर्व प्रहरी नायब महानिरीक्षक डा. ठाकुर मोहन श्रेष्ठले नागरिकहरु अब चुप लागेर बस्ने दिन नरहेको बताउदै अब यस पार्टीले सबै नेपालीको मन जितेर मुलुकलाई एकताको मालामा गाँस्ने छ भन्दै निर्वाचनको खर्च हाम्रो नेपाल नागरिक अभियानलाई उपलब्ध गराए सबै नेपालि स्वरोजगार हुने बताउनुभएको थियो ।

कार्यक्रममा महाधिवेशनका सभापति एवं पार्टी अध्यक्ष घनेन्द्र बहादुर बस्नेतले यो हाम्रो पार्टी अरु पार्टी जस्तो अनुशासन बिहिन होइन अनुशासनमा रहेर देश जनताका लागि मरिमेट्ने छ र भोलिका दिनहरुमा अरु अन्य पार्टीका सदस्यहरु पनि यस पार्टीका सदस्य हुनेमा कुनै दुइ मत नरहेको बताउदै कार्यक्रमको पहिलो शेसन समारोह समापन गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो सेशनमा निर्वाचन समितिका प्रमुख आयुक्त डा. ठाकुर मोहन श्रेष्ठ, आयुक्त के. बि. सम्राट र आयुक्त अधिबक्ता भुवन थापाले निर्वाचनका प्रक्रिया अनुरूप निर्वाचन गराई अध्यक्ष घनेन्द्र बहादुर बस्नेतको नेतृत्वमा ५१ सदश्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको घोषणा गरिएको थियो । निर्वाचित हुनेहरुमा अध्यक्ष घनेन्द्र बहादुर बस्नेत, सह अध्यक्ष सुधा राणा, वरिष्ठ उपाध्यक्ष वेदराज आचार्य, उपाध्यक्ष त्रय विष्णु सेन ठकुरी, कल्पना भण्डारी, राम कुमार खाती, महामन्त्री द्वय विष्णु रिमाल, विष्णु पौडेल, सहमहामंत्री द्वय गणेश भण्डारी, वेचन लामा, विदेश बिभाग प्रमुख चन्दन गिरि थिए भने कोषाध्यक्ष पदका लागि उम्मेद्वारी परेको थिएन । केन्द्रीय सदस्यहरुमा जित कार्की, खिल कुमारी सापकोटा, किशोर कुमार सुबेदी, मशिनी चौलागाई, ओम नारायण मण्डल, पूजा अधिकारि, शंकरदेव न्यौपाने, बुद्द जी.एस. सिंह, केशव बहादुर रायमाझी, सिता राइ, उरिमिला राइ, उरेंद्र तामांग दिपेन्द्र क्षेत्री, भगवान थापा, सतिश न्यौपाने, विश्वसन अधिकारि, के. बि तामांग, कान्छी तामांग, विशेश्वोर कुमार यादव निर्वाचित भएका छन् ।

यस्तै केन्द्रीय सदस्यहरुमा थप बालकुमारी बस्नेत कुँवर, सुशिला शाह, कुन्ग्गा शेर्पा, श्रीराम सुबेदी, जंग बहादुर तामांग, राजन केसी, पृथ्बी श्रेष्ठ, जनक कुमार राइ, लोकेन्द्र बेग लिम्बु, मन्दिप नेपाल, लक्ष्मी बस्नेत, जोत्सना श्रेष्ठ, राजकुमार मगर, राजेन्द्र राइ र शेखर कटुवाल निर्वाचिटी भएका थिए । निर्वाचित अध्यक्ष घनेद्र बहादुर बस्नेतलाई निर्वाचन समितिका प्रमुख आयुक्त डा. ठाकुर मोहन श्रेष्ठले सपथ ग्रहण गराउनु भएको थियो भने अरु अन्य पदाधिकारीहरुलाई नवनिर्वाचित अध्यक्ष घनेन्द्र बहादुर बस्नेतले सपथ ग्रहण गराउनु भएको थियो । निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका पदाधिकारी प्रमुख आयुक्त डा. ठाकुर मोहन श्रेष्ठ, आयुक्त द्वय के. बि. सम्राट र अधिवक्ता भुवन थापाले अबिर माला तथा खाता लगाएर बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रम निकै रोचक र सभ्य अनि भब्यताकासाथ वरिष्ठ कार्यक्रम संचालक के. बि. सम्राटले गर्नुभएको थियो ।

