ओमिक्रोन भेरिन्यटको संक्रमण चीनको राजधानी बेइजिङमा पनि फेला पर्‍यो

Share to:

रासंसा/काठमाण्डौ, माघ १,

बेइजिङमा हिउँदे ओलम्पिक खेल आयोजना हुने पूर्व सन्ध्यामा ओमिक्रोन संक्रमित भेटिएपछि सो खेल पनि प्रभावित हुने आशंका गरिएको छ । आगामी ४ फेब्रुअरीमा बेइजिङमा हिउँदे ओलम्पिक आयोजना हुँदैछ । चीनको बेइजिङमा पहिलो पटक कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । ओमिक्रोनको नयाँ भेरिएन्ट फेला परेसंगै चीनको बेइजिङमा थप सतर्कता अपनाईएको छ । कोभिडका कारण दक्षिणी सहर चुुहाईमा यात्रा प्रतिबन्ध लगाएको एक दिनपछि बेइजिङमा संक्रमण देखिएको हो । संक्रमण फैलिएपछि सरकारले यसअघि विभिन्न सहरमा लकडाउन घोषणा गरिएको थियो । पछिल्ला साता चीनमा लाखौं मानिसहरुलाई घरभित्रै बस्न निर्देशन दिइएको छ ।

Like