देशप्रदेशप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचाररोजगारी/सूचनाविज्ञान/प्रविधिस्पेसलहेडलाइन

व्यास नगरपालिकाद्वारा जग्गा वर्गीकरण तथा कित्तागत विवरण संशोधनको म्याद थप।

Share to:

अन्जनराज न्यौपाने गण्डकी प्रदेश तनहुँ
व्यास नगरपालिकाको सूचना।। सूचना ।।सूचना।।

व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालयले जग्गा वर्गीकरण तथा कित्तागत विवरण संशोधन र नयाँ कित्तागत विवरण थपका लागि ३० दिनको म्याद थप गरेको छ। कार्यालयबाट यसअघि मिति २०८३/०५/१५ मा प्रकाशित सूचनामार्फत सम्बन्धित जग्गाधनीहरूलाई आवश्यक प्रमाण तथा कागजातसहित ३५ दिनको समय दिइएकोमा, निवेदन दिन छुट भएका जग्गाधनीहरूको सहजताका लागि यो सूचना प्रकाशित भएको मितिले थप ३० दिनको समय थप गरिएको हो। मुख्य बुँदाहरू: व्यास नगरपालिकाको आधिकारिक वेबसाइट vyasmun.gov.np मा “व्यास नगरपालिकाको जग्गा वर्गीकरण तथा कित्तागत विवरण, २०८२” उपलब्ध रहेको छ। सम्बन्धित जग्गाधनीहरूले उक्त वेबसाइटमार्फत आफ्नो जग्गाको कित्तागत विवरण समावेश भए/नभएको तथा सही भए/नभएको यकिन गर्न सक्नेछन्। विवरण संशोधन गर्न वा नयाँ कित्तागत विवरण थप्नुपर्ने भएमा आवश्यक प्रमाण, कागजात तथा स्पष्ट विवरणसहित तोकिएको म्यादभित्र सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्न अनुरोध गरिएको छ। यसअघि नै प्रकाशित सूचनाबमोजिम निवेदन पेस गरिसकेका जग्गाधनीहरूले भने सोही विषयमा पुनः निवेदन दिनु पर्ने भने छैन।

Like