प्रदेशप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचारराजनीतिसमाचारस्पेसल

नेपाली कांग्रेस व्यास-४ द्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना हुने

Share to:


अन्जनराज न्यौपाने गण्डकी
प्रदेश
​तनहुँ — नेपाली कांग्रेस व्यास-४ वडा कार्यसमिति, तनहुँको आयोजनामा विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा विशेष “शुभकामना आदानप्रदान कार्यक्रम” आयोजना हुने भएको छ।
​आगामी २०८३ असोज ३० गते साँझ ४:०० बजे आयोजना गरिने उक्त कार्यक्रम सापकोटा भान्छा घर, व्यास-४, तनहुँमा सम्पन्न हुनेछ।


​चाडपर्वको अवसरमा एकापसमा शुभकामना साटासाट गरी भाइचारा र एकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेपाली कांग्रेस व्यास-४ वडा कार्यसमितिका सभापति वासुदेव सापकोटाले जानकारी दिए। कार्यक्रममा सम्पूर्ण क्रियाशील वडा कार्यसमितिका पदाधिकारीहरू, क्षेत्रीय प्रतिनिधिहरू, महाधिवेशन प्रतिनिधिहरू नगर समितिका प्रतिनिधिहरू, क्षेत्रीय कार्यसमितिका प्रतिनिधिहरू, सल्लाहकारहरु र स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहने जनाइएको छ।

Like