धर्म–संस्कृति/रीतिथितिप्रदेशप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]रोचक संसारविश्वस्पेसल

भुजेल भाषा र संस्कृतिमा आधारित चलचित्र ‘ब्राओ आपुक रा’ असोज ३० गते प्रदर्शन हुने,

Share to:


अन्जनराज न्यौपाने
गण्डकी प्रदेश

​दमौली, तनहुँ।
​भुजेल भाषा, संस्कार र संस्कृतिमा आधारित चलचित्र ‘ब्राओ आपुक रा’ (ठुल्दाइको नाङ्लो) आगामी असोज ३० गते प्रदर्शन हुने भएको छ। भुजेल समाज सेवा समिति तनहुँको आयोजनामा यो चलचित्र प्रदर्शन गर्न लागिएको हो।
​यसअघि दमौली सभा गृह हलमा प्रदर्शन गर्ने भनिएको उक्त कार्यक्रम विशेष कारणवश स्थान परिवर्तन गरी सिमलटारस्थित निम्तो पार्टी प्यालेस, दमौलीमा आयोजना गरिने समितिले जनाएको छ।
​पृथ्वी भुजेलको लेखन तथा निर्देशनमा तयार पारिएको यस चलचित्रले भुजेल समुदायको मर्म, भाषा, भेषभूषा र मौलिक संस्कृतिलाई उजागर गर्ने प्रयास गरेको छ।
​आयोजक भुजेल समाज सेवा समिति तनहुँले सम्पूर्ण दर्शक, संस्कृतिप्रेमी तथा स्थानीय महानुभावहरूलाई उपस्थित भई चलचित्र हेरेर प्रोत्साहन गरिदिन जिल्लावासी सबैमा अपिल गरिएको छ।

Like