सुनको मूल्य ८ सयले बढ्यो

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २९,

मुलुकमा साताको पाँचौं दिन बिहीबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ८ सयले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बिहीबार ५ रुपैयाँले बढेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Like