धर्म–संस्कृति/रीतिथितिप्रदेश-४ [गण्डकी]राजनीतिरोचक संसाररोजगारी/सूचना

व्यास नगरपालिकाका जनप्रतिनिधिहरूलाई क्षमता विकास तालिम

Share to:


अन्जनराज न्यौपानी गण्डकी प्रदेश तनहुँ।

तनहुँ- व्यास नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरूका लागि क्षमता विकास तालिम सञ्चालन भएको छ।

नगरपालिकाले जनप्रतिनिधिहरूको कार्यदक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरेको हो। व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालका अनुसार
तालिममा स्थानीय सरकारको भूमिका, योजना तर्जुमा, बजेट कार्यान्वयन, सुशासन, पारदर्शिता र नागरिकसँगको समन्वय लगायतका विषयमा प्रशिक्षण दिइने जानकारी दिनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत लमसालले जनप्रतिनिधिहरूलाई जनताको चाहना अनुसार काम गर्न थप ऊर्जा र ज्ञान दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सबैलाई आग्रह गरे।
तालिमले स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत लमसालले जानकारी दिए।

Like