धर्म–संस्कृति/रीतिथितिप्रदेश-४ [गण्डकी]रोचक संसार

तीज गीत ‘ए मेरी आम्मै’ सार्वजनिक

Share to:


अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
लमजुङ

​माइतीबाट बेवास्ता र असहयोग भोग्नुपरेकी एक महिलाको पीडा र संवेदनशील कथा समेटिएको नयाँ तीज गीत ‘ए मेरी आम्मै’ सार्वजनिक भएको छ।
​आफ्नै रोजाइअनुसार जीवन अघि बढाउँदा परिवार तथा माइतीबाट टाढिनुपरेकी महिलाको भावनात्मक सङ्घर्ष र व्यथालाई गीतमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ। सार्वजनिक हुनुअघि नै टिकटकमा समेत अत्यधिक रुचाइएको यो गीतले दर्शक तथा स्रोताहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्देशक बीबी क्षेत्रीले जानकारी दिएका छन्।
​लमजुङको राइनास नगरपालिकाका विभिन्न रमणीय स्थानहरूमा छायाङ्कन गरिएको यस गीतको भिडियोमा शोभा थापा मगर र प्रभास भट्टको सुक्ष्म तथा भावनात्मक अभिनय हेर्न सकिन्छ।
​मार्मिक कथावस्तु, उत्कृष्ट सङ्गीत र आकर्षक दृश्य संयोजनले सजिएको यस तीज गीतले नेपाली समाजमा महिलाले भोग्नुपर्ने यथार्थ चित्रणलाई सशक्त रूपमा उजागर गरेको छ।

Like