अन्य थप

माइतीघरमा नागरिकता र भूमि अधिकारको माग गर्दै सुस्ताबासीको धर्ना

Share to:

रासंसा/काठमाण्डौ, आषाढ १६,

मुलुकमा भारतीय सीमावर्ति क्षेत्र सुस्ताका बासिन्दाले नागरिकता र भूमि अधिकारको माग गर्दै माइतीघरमा धर्ना दिएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहको सीमा’bout संसदमा विवादास्पद भनाइपछि भारतीय सुरक्षाकर्मीबाट थप प्रताडित हुनुपरेको प्रदर्शनकारीले बताएका छन् । सुस्ताको माटो बोकेर सरकारलाई घचघच्याउन आएका उनीहरूले भारतीय पक्षबाट आफूहरू थप पेलिन थालेको गुनासो गरेका छन् । भारतीय अतिक्रमण रोक्न कुटनीतिक पहल र सीमा सुरक्षा मजबुत गरिनुपर्ने, सुस्ताबासीलाई तत्काल नेपाली नागरिकता दिनुपर्ने र भोगचलन गरिरहेको जग्गाको लालपुर्जा दिइनुपर्ने उनीहरूको प्रमुख माग छ । ‘सुस्ता बचाउ अभियान’ को आव्हानमा सुस्ताबासीले धर्नासहितको आन्दोलन थालेका हुन् । आफ्ना पीडा बताउन पटक(पटक प्रधानमन्त्रीको सचिवालयमा अनुरोध गरे पनि समय नदिइएको उनीहरूको गुनासो छ ।

Like