अन्य थप

उपसचिवलाई सहसचिवको दरबन्दी भएका जिल्लामा बनाइयो सीडीओ

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २१,

मुलुकमा गृह मन्त्रालयले सहसचिवको दरबन्दी रहेका दुई जिल्लामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ)को रूपमा खटाएको छ । मन्त्रालयले शुक्रबार गृहसचिव राजकुमार श्रेष्ठ स्तरीय निर्णयबाट ४२ उपसचिवको सरुवा गरेको थियो । कार्यविधिमा सहसचिव सीडीओ भएर खटिने ‘ग’ वर्गका जिल्लामा पर्ने जुम्ला र डडेलधुरामा उपसचिवलाई सीडीओ बनाएर खटाइएको हो । उपसचिव तेजप्रकाश प्रसाई जुम्ला र उपसचिव मिना अर्याललाई डडेलधुराको सीडीओ बनाएर सचिव श्रेष्ठले पठाएका हुन् । सरुवाका क्रममा केही जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गर्दा ‘प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापना वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८०’ मिचेर सहसचिवको दरबन्दी भएको जिल्लामा उपसचिवलाई सीडीओको जिम्मेवारी दिइएको हो ।

Like