अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

आजदेखि रास्वपा महाधिवेशन घण्टी बजाएर प्रधानमन्त्रीले उद्घाटन गर्दै

Share to:

रासंसा/चितवन, आषाढ ६,

मुलुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। रास्वपाका महामन्त्री भूपदेव शाहका अनुसार महाधिवेशनको उद्घाटन प्रधानमन्त्री र पार्टी सभापति द्वय घण्टी बजाएर गर्ने जनाएको छ। नजिकै रहेको सिटी हलको अलपत्र अवस्था र ठेकेदारको लापरबाहीबारे पत्रकारको प्रश्नमा शाहले भने, ‘यो विषय देशव्यापी रूपमा जानकारीमा आइसकेको छ। सम्बन्धित निकायले काम किन अगाडि बढाएन भन्ने कुरा सरकारको ध्यानाकर्षणमा आएको छ र सम्बन्धित साथीहरूले हेरिरहेका छन्।’ महामन्त्री शाहले चितवनमा महाधिवेशन आयोजना गर्नुको कारण प्रस्ट पार्दै भने, ‘पार्टीको जन्म भएको र आन्दोलनको सुरुआत भएको उद्गम भूमि चितवन नै हो। त्यसैले हाम्रो पहिलो र ठुलो उत्सव महाधिवेशन यहीँ हुनुपर्छ भन्ने पूर्वयोजना अनुसार चितवनलाई छानेका हौँ।’ महाधिवेशनको स्थान फेरबदलका विषयमा उनले सबै पक्षलाई विचार गरेर अहिले गेस्ट हाउस चौरमा आयोजना गर्न लागिएको बताए। महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियाबारे जानकारी दिँदै उनले प्रतिनिधि छनोट उपसमितिले काम टुङ्ग्याइसकेपछि केन्द्रीय समितिले अनुमोदन गर्ने बताए। महाधिवेशनमा ३ हजारभन्दा बढी प्रतिनिधि चितवन आउने अपेक्षा पार्टीले गरेको छ। प्रधानमन्त्रीको उपस्थितिका सन्दर्भमा शाहले भने, ‘प्रधानमन्त्रीज्यू आधिकारिक कार्यक्रममा उपस्थित हुने समय मिलाएर आउने तयारीमा हुनुहुन्छ। उहाँ उद्घाटनको दिन र त्यसपछि बन्दसत्रसम्म बस्नुहुनेछ।’ आफ्नो उम्मेदवारीबारे सोधिएको प्रश्नमा शाहले आफू महामन्त्री पदमै निरन्तरता दिने सोचमा रहेको सङ्केत गरे। उनले भने, ‘म अहिले महामन्त्री भएकै कारण यही पदमा निरन्तरता दिने सोचमग्न छु। तर अहिले निर्वाचन आचारसंहिता लागू भइसकेकाले मैले ठ्याक्कै भन्न मिल्दैन। चाँडै मेरो निर्णय थाहा पाउनुहुनेछ ।’ महाधिवेशनको पूर्वसन्ध्यामा चितवनमा केन्द्रीय समितिको बैठक पनि बस्ने तय भएको छ । पार्टीले यस महाधिवेशनलाई पार्टीलाई सुदृढ र सशक्त बनाउने महत्त्वपूर्ण अवसरका रूपमा लिएको शाहले बताए ।

Like