तनहुँमा प्रतिबन्धित लागुऔषधसहित २ जना पक्राउ

गण्डकी प्रदेश समाचार
अन्जनराज न्यौपाने
तनहुँ
तनहुँ– जिल्ला प्रहरी कार्यालय तनहुँले प्रतिबन्धित लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ।
प्रहरी कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार २०८३/०२/०३ गते साँझ करिब ७ बजे व्यास नगरपालिका–४, मस्जित टोलमा शंकास्पद गतिविधि गर्दै हिँडिरहेका दुई जनालाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा कास्की, पोखरा महानगरपालिका–१८ बस्ने ४१ वर्षीय विक्रम थापा र सोही ठाउँ बस्ने ४० वर्षीय रविन्द्र सुनार रहेका छन्। जाँचका क्रममा रविन्द्र सुनारले बोकेको कालो झोलाभित्र लुकाएर ल्याएको अवस्थामा २ एमएल लेखिएको *Diazepam २० एम्पुल, २ एमएल लेखिएको *Phenergan २० एम्पुल र २ एमएल लेखिएको *Buprenorphine २० एम्पुल* गरी जम्मा *६० एम्पुल* प्रतिबन्धित लागुऔषध बरामद भएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी तनहुँ जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी प्रमुख टेकबहादुर कार्कीले जानकारी दिए।
