अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

आज वृष संक्रान्ति, सिथि चःह्रे, अन्तर्राष्ट्रिय परिवार दिवस मनाइदै

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ०१,
अन्तर्राष्ट्रिय परिवार दिवस
बिस्तारै विकासक्रमले संयूक्त परिवारलाई क्रमशः एकल परिवारमा रुपान्तरण र प्रतिस्थापित गरेको भएतापनि परिवारको स्वरुप जेजस्तो होस् तर पारिवारीक मुल्य मान्यता भने आँउदो पुस्ताकालागी अत्यन्त जरुरी पाठ हो । प्रारम्भीक वाल्यकाल शिक्षा र वालवालिका र यूवा मैत्रि पारिवारीक वातावरणको वकालत गर्दै आज विश्व भरि परिवार दिवस मनाईन्छ ।
सन् १९९३ वाट मे १५ लाई परिवार दिवसका रूपमा संयुक्त राष्ट्रसङ्घको आव्हान अनुरूप मनाइन थालिएको हो । यस दिनले परिवारसँग सम्बन्धित मुद्दाहरूको जागरूकता बढाउन र परिवारलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिक प्रक्रियाहरूको ज्ञान बढाउने अवसर प्रदान गर्दछ।
“सन् २०२६ को अन्तर्राष्ट्रिय परिवार दिवसको नारा ‘परिवार, असमानता र बालबालिकाको कल्याण’ (Families, Inequalities and Child Wellbeing) तय गरिएको छ। यस वर्षको नाराले आर्थिक, सामाजिक र शैक्षिक असमानताका कारण बालबालिकाको स्वास्थ्य, शिक्षा, मानसिक अवस्था र समग्र विकासमा पर्ने नकारात्मक प्रभावलाई विशेष जोड दिएको छ। एक सुरक्षित, सहयोगी र समान अवसरयुक्त पारिवारिक वातावरणले मात्र बालबालिकाको भविष्य उज्ज्वल बनाउन सक्छ। त्यसैले, हरेक बालबालिकाका लागि समान अवसर सुनिश्चित गर्नु आजको आवश्यकता हो ।”
नेपालमा पनि क्रमशः वढ्दो आधुनीकता अनि विकासक्रम सँगै पारिवारीक मुल्य, मान्यता र अवधारणाहरु घट्दै गएका छन् र त्यसमाथी अहिले परिवारका मुल ब्यक्तिहरु जिविकोपार्जनकालागी विदेश जाने क्रम वढ्दा्े भएपछि परिवार र सामाजिक भावनामा नकारात्मक असर पर्न थालेको छ । यो विषम परिस्थितीमा पारिवारीक मुल्य, अपनत्व, सदभावना, एकता अनि समानता हामीसबैले बुझ्न जरुरी छ । परिवार, समाज अनि देशको स्वरुप हरेक यूगमा परिवर्तन हुँदै आएको छ। आफ्नो परिवारको सोच अनि आदर्शलाई फराकिलो पार्दे जिवन वाँच्नुको परिवेश ठूलो पार्न सकौँ । चाहिने कुरामा सबै सदस्यको मान रहोस्, अनावश्यक कुरामा परिवारभित्र कोहीसँग कोही नडराओस्, बैमनस्यता नहोस् अनि प्रजातन्त्र परिवार भित्रपनि कायम होस् । आजको दिनले परिवारमा संरक्षकको भुमिकालाई पनि ब्याख्या गर्दछ चाहे संरक्षकका रुपमा बूवा, आमा, हजुरबूवा, हजूरआमा या दाईदिदीनै किन नहुन् । यसका साथै परिवार र कार्य सन्तुलन वातावरण, सकारात्मक पारिवारिक ब्यबहार अनि अन्तरपुस्ता संबादका वारेमा पनि चर्चा र जागरण फैलाउदछ, आजको दिनले । ब्यक्तिहरु मिलेर बनेको परिवार अनि परिवारहरु मिलेर बनेको समाज अनि समाजहरु मिलेर बनेको देश, आजको दिनले देशको समग्र परिवर्तनमा परिवारको भुमिका अनि त्यसबाट संसारको रुपान्तरणको पैरवी गर्दछ परिवारले कहिलेकाँही हामीलाई संकुचित पनि बनाँउदछ, परिवार र समुदायमा मात्र सिमीत नभईकन समग्र विश्वभरिका परिवार र मान्छेलाई नै विश्वबन्धुत्वको भावनाले हेर्न पनि आजको दिनले सन्देश दिन्छ । आजको विश्वका हरेक परिवारलाई समावेशीपना को आवश्यक्ता छ, समावेशी भएर हरेक वर्ग, धार, जात, धर्म या सोचका सदस्यलाई वृहत रुपमा स्वीकार गर्न सक्नु आजको परिवारको आवश्यक्ता पनि त हो । समावेशी परिवारका लागि पारिवारीक शिक्षा पनि अत्यन्त महत्वपूर्ण हुन्छ, आजका दिन संसारभरि विभिन्न रेडियो कार्यक्रम, गोष्ठी, टीभी कार्यक्रम, कार्यशाला, सास्कृतीक कार्यक्रम गर्दै परिवारको महत्व झल्काउने काम गरिन्छ । आज अन्तर्राष्ट्रिय परिवार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । यो दिवस अंग्रेजी क्यालेन्डर अनुसार मे १५ तारिखका दिन विश्वभर मनाईनुका साथै नेपालमा पनि मनाईन्छ । एउटा ब्यक्तिवको जीवनमा परिवारको अहम भूमिका र महत्वलाई स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । यस बर्षको अन्तर्राष्ट्रिय परिवार दिवस नारा ‘परिवार, असमानता र बालकल्याण’ रहेको छ । यस विषयले सामाजिक, आर्थिक र जनसांख्यिक असमानताले परिवार र बालबालिकामा पार्ने प्रभावलाई उजागर गर्दछ । साथै सुलभ बाल हेरचाह सेवा, अभिभावकीय बिदाजस्ता परिवारमैत्री नीतिलाई सुदृढ बनाउन विश्वव्यापी प्रयासको आवश्यकता रहेको सन्देश दिन्छ । संयुक्त राष्ट्रसंघले सन् १९९४ लाई परिवार वर्षको रुपमा घोषणा गरे यता विश्वभर परिवार, व्यक्ति, समाज र संस्कृतिको महत्व दर्शाउन संयुक्त राष्ट्रसंघले शुरु गरेको अभियानलाई विश्वव्यापीरुपमा मनाउने गरिएको छ । सन् १९९५ देखि भने हरेक वर्ष यो दिवस मनाउने गरिएको छ । विश्वका धेरै क्षेत्रमा परिवारको संरचना र स्थायित्वमा प्रभाव पार्दै आएको सामाजिक, आर्थिक संरचनामा परिवर्तन गर्ने उत्तरदायित्व स्वरुप परिवार दिवस मनाउने गरिएको हो । सबै बूवा, आमा, दाजुभाई, दिदिवहीनीमा शुभकामना
सिथि चःह्रे
आजको दिन आँउदै गरेको सिथि चःह्रे को घोतक पनि हो भने क्रमश बैशाखबाट शुरु भएको नयाँ वर्ष, जात्रा, उत्साह, उत्सर्ग अनि चाडहरुको शृंखलालाई सिथि चःह्रे ले शंखनाद गरेको मान्न सकिन्छ । सिथि चःह्रे अर्थात चतुर्दशी जेष्ठ चर्तुदशी पर्दछ । यस दिन नेवा: समुदायले सिथि चःह्रेको पूजा अर्चना गर्ने चलन छ । बछलाथ्व महिनाको चर्तुदशीमा पर्दछ, चर्तुदशीलाई नै नेपालभाषामा चःह्रे भनिन्छ अनि आज सिथि चःह्रे हो । आजको दिन घरघरमा पूजा गर्ने चलन हुन्छ, यस दिन सिथि अर्थात शिवका छोरा कुमार कार्तिके को पुजा गर्ने गरिन्छ । कुमारलाई मात्र पुजा नगरी अन्य देवताहरुको पनि पुजा र अर्चना गरिन्छ ।
वृष संक्रान्ति
राशि चक्र महिनासँग समबन्धीत हुन्छन्, यसर्थमा आज सूर्य मेष अर्थात् पहिलो राशिबाट वृष अर्थात् दोस्रो राशिमा प्रवेश गर्दै छ ।सौर्य मान अनुसार सूर्य वृष राशिमा प्रवेश गर्ने हुनाले वृष सङ्क्रान्ति भनिएको हो । यस वर्षको वृष सङ्क्रान्तिमा हामी सबैलाई स्वागत छ । ज्येष्ठ महिनाको गर्मी, टड्कारा घामका किरण, छिनछिनकै पानी अनि बाक्ला काला बादलहरू लगायत पश्चिमी हावाहरू खप्न र रमाउन तैयार हुनुहुन्छ नि ?
जेठ अथवा ज्येष्ठ जे भनेपनि यो महिना भनेँ बडो गज्जबको महिना हो, असारका रोपाँईका लागी धानका बिउहरू छरिने, खेतलाई जोत्ने चाँजोपाँजो मिलाउने र वर्खायामको तैयारी गर्नका लागी जेठ महत्पूर्ण छ। चिचिला लागेका भोगटे, मज्रिदै गरेका आँपमा चिचिलाहरू, बाँसका कलिला मुनाहरू अनि छिपछिपे पानीमा मारिएका ससाना असला माछाहरूको चटनी । रहरलाग्दो यस महिनाको शुभकामना ।
हरेक महिनाको प्रथम दिन सङ्क्रान्ति हरुको वास्तवमा दान अनि पुण्यका हिसाबले महिमा धेरै रहन्छ र हरेक सङ्क्रान्ति को यसै हिसाबले धेरै महत्त्वपूर्ण रहेको लाकोक्तिहरु छन् । बिहान बिहान राशि चक्रअनुसार टिभी या रेडिया, मोबाइल या पत्रिकामा राशिफल चाल पाउँदा सर्वप्रथम मेष अनि वृष हुँदै मीन राशिसम्म पुगेर १२ वटा राशिका फलहरू अन्त्य हुन्छ र यी राशि चक्र महिनासँग समबन्धीत हुन्छन् ।

Like