अन्य थपदेशशिक्षासंचारसमाचारस्पेसलहेडलाइन

बालकुञ्ज स्कुलले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट परिणाम, समीप कुमार बुढाथोकिले ल्याए ४ जीपीए

Share to:

रासंसा/काठमाण्डौं, बैशाख ३१,

मुलुकमा तारकेश्वर नगरपालिकास्थित साङ्लामा अवस्थित बालकुञ्ज स्कुलले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयको पहिलो ब्याचका विद्यार्थी समिप कुमार बुढाथोकीले ४ जीपीए ल्याउँदै विद्यालयको कीर्तिमान कायम गरेका छन्। समिपको सफलताप्रति विद्यालयले खुसी व्यक्त गर्दै बालकुञ्जको इतिहास रचेको भन्दै बधाई दिएको छ। त्यसैगरी विद्यार्थी रोजन थापाले ३.९१ जीपीए प्राप्त गरेका छन्। विद्यालयले रोजनको नतिजालाई पनि उपलब्धिका रूपमा लिँदै आगामी दिनमा अझ राम्रो हासिल गर्ने विश्वास व्यक्त गरेको छ। यस्तै कमल श्रेष्ठले ३.६७ जीपीए तथा मौसमी तामाङले ३.६६ जीपीए ल्याएका छन्। अन्य तीन जना विद्यार्थीले पनि ए ग्रेड प्राप्त गरेको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयले यस वर्ष उत्कृष्ट ग्रेडसहित राम्रो नतिजा हासिल गरेको भन्दै विद्यार्थी, शिक्षक र अभिभावक सबैलाई बधाई दिएको छ। विद्यालयका प्रिन्सिपल डा. सजिन विक्रम कुँवरले विद्यार्थीहरूको मेहनत, लगनशीलता र समर्पणकै कारण यस्तो नतिजा सम्भव भएको बताउनुभयो। उहाँले सफल सबै विद्यार्थीलाई बधाई दिँदै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्नुभएको छ।

Like