चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सचिव भोलि नेपाल आउँदै, यतैबाट कोलम्बो जाने
रासंसा/काठमाण्डौ, कार्तिक २०,
मुइलुक्मा चीनको स्वसाशित क्षेत्र तिब्बत (सिजाङ)को चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ च्युनचङ बुधबार नेपाल भ्रमणमा आउने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सचिव च्युनचन बुधबार काठमाडौं आइपुग्नेछन्। पाँच दिने भ्रमणमा काठमाडौं आउन लागेका उनी उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीसहित शीर्ष नेताहरूसँग शिष्टाचार भेट गर्नेछन्। सचिव च्युनचङले बुधबार नै उपराष्ट्रपति रामसहाय यादवसँग भेटवार्ता गर्नेछन्। नेपाल बसाईका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका बेला भएका सम्झौता र सहमति कार्यान्वयनका लागि पहल गर्ने स्रोतले बताएको छ। नेपालका लागि चिनियाँ राजदूत छन् सोङले सोमबार प्रधानमन्त्री दाहाललाई भेटेर चिनियाँ कम्युनिस्ट पार्टीको नेपाल भ्रमणबारे जानकारी गराएका थिए। त्यसको भोलिपल्ट बिहीबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सामान्य प्रशासनमन्त्री अनिता देवीसँग भेटवार्ता गर्नेछन्। सचिव च्युनचङ शनिबार नै काठमाडौं फर्केर गृहमन्त्री नारायणकाजीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनले आइतबार भूकम्पबाट क्षति भई चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको भक्कतपुरका आयोजनाहरूको अवलोकन गर्ने कार्यक्रम रहेको स्रोतको भनाइ छ। त्यसपश्चित उनी आइतबार नै श्रीलंकाको कोलम्बो प्रस्थान गर्नेछन्। उनी शुक्रबार पोखरा जाने कार्यक्रम रहेको छ। पोखरा बसाईको क्रममा उनले शनिबार आयोजना हुने नेपाल-चीन कल्चरल एक्सचेन्ज कार्यक्रममा सहभागी हुनेछन्।