Sunday, October 18, 2026
Latest:
अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

राष्ट्रपति भूकम्पका घाइतेलाई भेट्न जाजरकोट अस्पताल पुगे

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक २०,

मुलुकका राष्ट्रपति रामचन्द्र पौडेल भूकम्पबाट घाइते भएकाहरुलाई भेट्न जाजरकोट अस्पताल पुगेका छन्। पौडेलको बारेकोट गाउँपालिका–१ को रामीडाँडा, खलङगा, रूकुम पश्चिमको आठवीसबोट लगायत भूकम्प प्रभावित क्षेत्रमा जाने कार्यक्रम रहेको छ। शुक्रवार रातिको भूकम्पका कारण प्रभावित बनेको जाजरकोट र रुकुम पश्चिमको अवस्थाबारे बुझ्न सुर्खेत पुगेका राष्ट्रपति पौडेल जाजरकोट अस्पताल पुगेर घाइतेहरुलाई भेटेका हुन्। राष्ट्रपतिसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पनि रहेका छन्।

Like