अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

मन्सुरीलाई सभा चलाउने जिम्मेवारी दिदै कोसी प्रदेशकी उपसभामुख दनुवार बिदामा, मुख्यमन्त्रीले आज विश्वासको मत लिने कार्यसूची

Share to:

रासंसा/मोरङ, भाद्र ४,

मुलुकुमा कोसी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले आफू बिरामी भएको भन्दै प्रदेश सभामा उपस्थित हुन नसक्ने भन्दै जानकारी गराएकी छन्। आजको प्रदेश सभाको बैठकमा उपसभामुख दनुवारले आफू बिरामी भएकाले उपस्थित हुन नसक्ने जानकारी गराएकी हुन्। आज कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची तय भएको छ। उनले कोसी प्रदेश सभा नियमावलीको नियम ११ बमोजिम सभा सञ्चालन गर्न समेत अनुरोध गरेको संसद सचिवालयले जनाएको छ। सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्नका लागि संसद् नियमावली २०७४ को संशोधनसहितको नियम ११ माअध्यक्ष मण्डल गठनको व्यवस्था छ। उक्त नियम अनुसार कोसी प्रदेश सभामा नेपाली कांग्रेसका तर्फबाट इस्राइल मन्सुरी, राप्रपाका अम्बरबहादुर विष्ट, एमालेका मालती सुब्बा र माओवादी केन्द्रका गीता तिम्सिना अध्यक्ष मण्डलमा रहेका छन्। अध्यक्ष मण्डलमा रहेका राप्रपाका विष्ट र एमालेकी सुब्बाले पनि यस अगाडि नै बिदा लिइसकेका छन्। आफू बिरामी भएर उपचार गराउन बाहिर जानु पर्ने भन्दै उपसभामुख दनुवारले नफर्किन्जेलसम्मका लागि सभा सञ्चालनको जिम्मा इस्राइल मन्सुरीलाई दिएकी छन्। दनुवार बिहान ८ बजे विराटनगरबाट यति एयरलाइन्सको विमानमा काठमाडौं प्रस्थान गरेकी छन्। उपसभामुख बिदामा बसेको बेला जेष्ट सदस्यको हिसाबले अब प्रदेश सभा मन्सुरीले सञ्चालन गर्नुपर्ने छ। तिम्सिनाभन्दा मन्सुरी जेष्ठ सदस्य भएकाले उपसभामुख दनुवारले आफ्नो अनुपस्थिति भएको बेला सभा सञ्चालनको जिम्मा मन्सुरीलाई दिएकी हुन्। कोसी प्रदेशसभाका आठ ज्येष्ठ सांसदले सोमबारको बैठकमा उपस्थित हुन नसक्ने सूचना प्रदेशसभा सचिवालयलाई दिएका छन्। उनीहरूले उपस्थित हुन नसक्ने कारण घरायसी काम भनेका छन्। यसले मुख्यमन्त्री थापालाई थप सकस थपेको छ। सदनमा उपस्थित हुन नसक्ने भन्दै निवेदन दिनेमा एमालेका सांसद रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सुवेदी छन्। सोमबारको बैठकमा एमालेका सात र राप्रपाका एक जना सांसदले उपस्थित हुन नसक्ने भन्दै उपसभामुखलाई सम्बोधन गरेर निवेदन दिएको संसद् सचिवालयले जनाएको छ। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुली भन्छन्, ‘आठ जना सांसदले घरायसी काम परेका कारण केही दिन बैठकमा उपस्थित हुन नसक्ने निवेदन दिनुभएको छ। सोमबार मात्रै होइन, उहाँहरू अन्य दिन पनि नआउने सम्भावना त्यो निवेदनले देखाउँछ।’ त्यस्तै, राप्रपा सांसद गोपालबहादुर विश्वकर्माले पनि उपस्थित हुन नसक्ने भन्दै निवेदन दिएका हुन्। उनीहरू सबै ६० वर्ष माथि उमेरका छन्। एमाले सांसद कार्की ७१, लिम्बू ६७, महतो ६७, ढकाल ६६, बस्नेत ६७, दुलाल ६५ र सुवेदी ६४ वर्षीय हुन्। राप्रपा सांसद विश्वकर्मा ६५ वर्षीय हुन्।

राप्रपाका अर्का ज्येष्ठ सदस्य अम्बरबहादुर विष्ट (६५) ले भने निवेदन दिएका छैनन्। तर, उनले आफू बिरामी भएको बताए। यता नेकपा एमाले र राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा छन्। सोहीअनुसार दुवै दलले ज्येष्ठ सदस्यलाई संसद्मा उपस्थित नहुन निर्देशन दिएको स्रोत बताउँछ। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। सत्तारुढ गठबन्धनसँग ४७ मत नै छ। एमालेबाट निर्वाचित उपसभामुख दनुवारले आजको बैठक चलाउने सम्भावना न्यून छ। स्रोतका अनुसार यदि दनुवारले बैठक सञ्चालन गर्ने भए आफ्ना ज्येष्ठ सांसदलाई अनुपस्थित हुन एमाले र राप्रपाले निर्देशन दिने थिएन। तत्कालीन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर मुख्यमन्त्री बनेका थापालाई विश्वासको मत पाउन उपसभामुख दनुवार वा प्रतिपक्षी दल एमाले र राप्रपा सांसदले बैठकको अध्यक्षता गर्नुपर्ने हुन्छ। सत्ता गठबन्धनकै सांसदले बैठकको अध्यक्षता गरे विश्वासको मत पाउँदैनन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ। मुख्यमन्त्री थापाको नेतृत्वमा रहेको सरकारलाई उनकै दल कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ। विपक्षमा एमालेका ३९(उपसभामुख बाहेक) र राप्रपाका ६ जना सांसद छन्।

Like