तनहुँ जिल्लाका १० पालिकाका विभिन्न स्थानमा बाँदर अातंक
अन्जनराज न्यौपाने/तनहुँ, ज्येष्ठ १४,
तनहुँ जिल्लाका १० पालिकाका विभिन्न स्थानमा बाँदर अातंक बडे पछि जिल्लाका अधिकाशं कृषकहरु घर छोडेर बसाइँसराइ गर्न बाध्य भएका छन्। प्राकृतिक पर्याबरण संरक्षण मंचले किसानको खेती बाली संरक्षण र बाँदर अातंक बन्द गराउन सरकार समक्ष ३ बुदे माग राख्दै अाम सभाको अायोजना गरेको हो । बाँदरले गरेको बालीनाली नष्टको क्षतिपूर्ति सरकारले दिनुपर्ने ,बाँदर अातंकबाट विस्थापित किसानलाई राज्यले मुअाब्जा उपलब्ध गराउनुपर्ने र राज्यले पालिकाका बाँदर अाँतकलाई रोकि निकुञ्जमा संरक्षण गर्नुपर्ने माग राखिएको प्राकृतिक संरक्षण मंचका अध्यक्ष सुदर्शन प्रधानले बताए । यसैगरी प्राकृतिक पर्यावरण मंचका सल्लाहकार हरिराज जोशीले जिल्लाका अधिकाशं स्थानहरुमादेवघाट ,बन्दिपुर ,अाँबुखैरेनी, म्याग्दे र शुक्ला गण्डकीका स्थानीय कृषकले लगाएको कृषिबालीमकै ,धान,मेवा,अाप,लिचि ,काँक्रो,धिरौला खाना थालेपछि कृषिमा अात्मनिर्भर स्थानीयहरु सास्ती बेहोर्न बाध्य भएसगै घर छोडेको बताए । युएनका पुर्व कार्यक्रम संयोजक नमस्तेलाल भुमिले जंगलमा खानेकुरा केही नभएपछि जंगल नजिकै घरघरमा चुकुलै खोलेर पकाएर राखेको भातको कसौंडी नै बोकेर बाँदरले हिड्न थालेपछि स्थानीयहरुले घर छोड्न बाध्य भएको बताए ।
कार्यक्रममा बाँदर अातंक बन्द गर भन्ने मुलनाराका साथ प्राकृतिक पर्यावरण संरक्षण गरौं भन्दै जिल्ला भरबाट १ सय बडी कृषकहरुको सहभागीता रहेको थियोे। ब्यास-३ स्थित अनशन चौतारीमा कोण सभा पश्चात् बाँदर अातंक बन्द गराउने र किसानलाई क्षतिपुर्ति दिलाईदिन माग राख्दै प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल समक्ष ज्ञापनपत्र पेश गरिएको थियोे ।