प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तय
रासंसा/काठमाण्डौ, ज्येष्ठ १४,
मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको छिमेकी मुलुक भारतको बहुप्रतीक्षित भ्रमण तालिका सार्वजनिक भएको छ। पुस ११ गते तेस्रोपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगेका माओवादी केन्द्रका अध्यक्ष दाहालले त्यसयता पटकपटक भारत भ्रमणको प्रयास गरेका थिए। तर भारतीय समकक्षी नरेन्द्र मोदीको कार्यव्यस्तताका कारण दाहाललाई प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको पाँच महिनापछि मात्र भारत भ्रमण मिति जुरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहालको छिमेकी मुलुक भारतको बहुप्रतीक्षित भ्रमण तालिका सार्वजनिक भएको छ। प्रधानमन्त्री दाहाल यही जेठ १७ गते चारदिने भ्रमणका लागि नयाँ दिल्ली जाने कार्यक्रम तय भएको छ। परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार दाहालको भारत भ्रमण १७ देखि २० गतेसम्म हुनेछ। भारतीय समकक्षी मोदीको औपचारिक निमन्त्रणामा दाहाल नयाँ दिल्ली जान लागेको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्री दाहालको भ्रमण टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, उद्योगमन्त्री रमेश रिजाल, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत लगायत रहनेछन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य, राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, स्वकीय सचिव गंगा दाहाल र रमेश मल्ल, विभिन्न मन्त्रालयका सचिव तथा उच्च पदस्थ अधिकारीहरू पनि भ्रमण टोलीमा रहनेछन्। प्रधानमन्त्री दाहालको भ्रमणटोलीमा परराष्ट्रमन्त्री एनपी साउद, उद्योगमन्त्री रमेश रिजाल, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत लगायत रहनेछन्। प्रधानमन्त्री दाहालले नयाँ दिल्लीमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेट गर्नेछन्। त्यस्तै उनले भारतीय समकक्षी मोदीसँग १८ गते हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। मोदीले दाहालसहितको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज गर्नेछन्। तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलोपटक भारत जान लागेका दाहालले मध्य प्रदेशको इन्दोर र उज्जैन पनि भ्रमण गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। दाहाल जेठ २० गते काठमाडौं फर्कनेछन्।