एलपी ग्याससँग जोडिएका तीन वर्षमा ३४ घटना

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुन ५,

मुलुकमा नेपाल प्रहरीको एक तथ्यांकले विगत तीन आर्थिक वर्षमा एलपी ग्यास सिलन्डर विस्फोटपछिको ३४ वटा दुर्घटनामा नेपालमा नौ जनाको ज्यान गएको देखाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी पोषराज पोखरेलले आर्थिक वर्ष २०७७÷७८ देखि हालसम्म एलपी ग्याससम्बन्धी विस्फोटका घटनामा परेर नौ जनाको ज्यान गएको र ४२ जना घाइते भएको तथ्यांक रहेको जानकारी दिएका हुन् । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७÷७८ देखि हालसम्म ग्यास सिलिन्डर विस्फोटका ३४ वटा घटनामा परेर नौ जनाको ज्यान गएको र ४२ जना घाइते भएको पाइएको हो । ‘विगतका तीनवटा आर्थिक वर्षमा ग्यास सम्बन्धित विस्फोटका ३४ वटा घटनामा परेर नौ जनाको ज्यान गएको देखिन्छ ती घटनामा ४२ जना घाइते भएको तथ्यांक छ,’ केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी पोखरेलले राजधानीसँग भने । यस्तै, चालू आर्थिक वर्षको साउनयताको अवधिमा मात्रै देशका विभिन्न स्थानमा ग्यास सिलिन्डरसँग सम्बन्धित आगलागी र विस्फोटका ११ वटा घटना भएको छ । प्रहरी प्रधान कार्यालयको रेकर्डअनुसार आर्थिक वर्ष २०७८÷७९ मा ग्यास सिलिन्डरसँग सम्बन्धित आगलागी र विस्फोटका १३ वटा र त्यसअघि १० वटा घटना भएको प्रहरी रेकर्ड छ ।

Like