राप्रपा उपाध्यक्षमा उद्धव पौडेल मनोनीत
रासंसा/काठमाण्डौ, फाल्गुन ५,
मुलुकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उपाध्यक्षमा उद्धव पौडेल मनोनीत भएका छन्। बिहीबार पार्टीको विधानबमोजिम राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसम्पादन समितिका सदस्य पौडेललाई उपाध्यक्ष पदमा मनोनीत गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। राप्रपामा पौडेलसहित बुद्धिमान तामाङ वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष रवीन्द्र मिश्र, रोशन कार्की, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, मुकुन्द श्याम गिरी र हेमजङ गुरुङ रहेका छन्। ‘राप्रपाको विधानबमोजिम पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसम्पादन समितिका सदस्य उद्धव पौडेललाई उपाध्यक्ष पदमा मनोनीत गरेका छन्,’ उनले भने, ‘पौडेलसहित राप्रपामा अब आठजना उपाध्यक्ष भएका छन्।’
Like