विश्वको समुद्रको तापमानमा नयाँ रेकर्ड

Share to:

एजेन्सी,

विश्वमा सन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्ष भएको छ। यसले विश्वका समुद्रको तापमानमा नयाँ रेकर्ड कायम गरेको एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय जर्नल एडभान्सेज इन एटमोस्फेरिक साइन्समा प्रकाशित चीन, अमेरिका र इटालीका १६ वटा इन्स्टिच्युटका २४ वैज्ञानिकको टोलीले गरेको अध्ययनले सामुद्रिक तापमानमा उच्च वृद्धि भएको देखाएको हो। विश्वव्यापी तापको ९० प्रतिशतभन्दा बढी महासागरमा समाप्त हुने भएकाले जलवायु परिवर्तनको मापनका लागि महासागरीय तापक्रम वृद्धि एक प्रमुख सूचक हो। ‘सन् २०२१ को तुलनामा महासागरको माथिल्लो दुई हजार मिटरको भागले ठूलो मात्रामा ताप सोसेको छ। यो तापक्रमले १.५ लिटर पानी भएका ७० करोड केटल उमाल्न पर्याप्त हुन्छ’, अध्ययनका लेखक तथा चाइनिज एकेडेमी अफ साइन्सेजअन्तर्गतको इन्स्टिच्युट अफ एटमोस्फेरिक फिजिक्सका अनुसन्धाता चेङ लिजिङले भने।

Like